श्री ३ महाराज बन्न चाहनेहरुलाई धरासायी पार्ने : प्रचण्ड

कपिल अधिकारी,
१५ माघ २०७७, बिहीबार १८:००

बुटवल ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्री ३ महाराज बन्न चाहनेहरुलाई धरासायी पार्ने बताउँनु भएको छ । प्रचण्ड–नेपाल नेकपाले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरिय जनसभालाई अध्यक्षले प्रचण्डले सम्बोधन गर्दै श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिनुभयो । ओलीले संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाउँर्दैे निरंकुशता र स्वेच्छाचारी ओलीलाई चुट्कीको भरमा अन्त्य गर्ने प्रचण्डले चेतवानी दिनुभयो । श्री ३ बन्ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने उँहाको दाबी छ ।

प्रचण्डले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री गरेको स्मरण गर्दै प्रचण्डले अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताउँनुभयो ।
सभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष माधव कुमार नेपालले बयलगाडा चढेर अमेरिका पुगिदैन नेपालमा गणतन्त्र आउँदैन भनेर भविष्यवाणी गर्ने केपि शर्मा ओलीको जसरी भविष्यवाणी असफल भयो त्यसगरि चुनाव गराउँने भविष्यवाणी पनि असफल हुने दाबी गर्नुभयो । केपि ओलीले जनताको भावना नबुझेको उँहाले बताउँदै समयको पछि पछि लत्तारिएको आरोप लगाउँनुभयो । केपि ओली कहिल्यै आन्दोलनको अगुवाई गर्न नसेकेको र जहिले पनि पछाडी बसेर अरुको कुरा काट्ने बानीले गर्दा जनताले दुख पाएको नेपालले बताउँनुभयो ।
स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीका प्रतिगमनकारी र निरंकुश कदमलाई जनताले हराएर छाड्ने दाबी गर्नुभयो ।ओलीमा निरंकुशताको प्रेत जागेको आरोप लगाउँदै भुसालले एकजना तानाशाहको सनक र इज्जत सब कुरा हो भन्दै आएको हुँदा आमनागरिकले आफ्नो जीवनको मूल्य खोज्नुपर्ने बेला आएको बताउँनुभयो । सभा भन्दा अघि लुम्बिनी प्रदेशका अरु जिल्लाबाट आएका पार्टीका नेता कार्यकर्ताले बुटवलमा प्रदर्शन गर्न सुरु गरेका थिए । दक्षिणमा राजमार्ग चौराहा, पूर्वमा रामनगर, पश्चिममा जितगढी र उत्तरमा गोलपार्कमा भेला भएर अस्पताल लाईनमा हुने सभामा सहभागी भएका छन् । कार्यक्रममा हजारौं कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*