लङगुरहरुलाई अध्यक्ष चाहियो-नेता महेश बस्नेत

कपिल अधिकारी
१३ माघ २०७७, मंगलवार १९:५९

बुटवल । पुर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले दाहाल नेपाल पक्षका कारण संसद विघटन गर्नुपर्ने स्थितीमा पुगेको आरोप लगाएका छन् । गलत पात्रहरुलाई नेतृत्वमा पुर्याउदा सरकार र पार्टी संकटमा परेको उल्लेख गर्दै उनले ‘लङ्गुरको हातमा अङ्गुर’ जस्तै भएको उल्लेख गरे ।

दाहाल नेपाल पक्षले पदका लागि मरिहत्ते गरेको बताउँदै उनले भने लङगुरहरुलाई अध्यक्ष चाहियो, प्रधानमन्त्री चाहियो नेकपा पार्टी अंगुर जस्तै रसिलो भएको र गलत व्यक्तिलाई नेतृत्वमा लैजाँदा बाँदरले अँगुर सखाप पारेजस्तै पार्टी तथा सरकारलाई नै सखाप पार्न खोजेको प्रसँगमा उनले सो कुरा बताएका थिए ।

नेता बस्नेतले अधिकारवादीहरुको नाममा केही तत्वहरु प्रधानमन्त्री तथा सरकारप्रति आक्रमण भइरहेको आरोप लगाएका छन् । केही मानव अधिकारवादीहरु भन्ने, नागरिक समाज तथा पत्रकार भन्नेहरुले सरकार तथा नेकपालाई गलत आरोप लगाएर आक्रमण गर्न खोजिएको उनले बताए ।

मँगलबार नेकपाको लुम्बिनी पार्टी कार्यालय बुटवलमा युवाहरुलाई सम्बोधन गर्दै उनले नियोजित रुपमा केही मिडिया तथा अधिकारवादी भन्नेहरु आफ्नो पार्टी तथा सरकार विरुद्ध लाग्ने गरेको आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*