ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन ,

कपिल अधिकारी,
१३ माघ २०७७, मंगलवार १९:४२

नेपाल कम्युनिष्ट पार्टीका दुई खेमाले रुपन्देही जिल्लामा शक्ति प्रर्दशनलाई तिव्रता दिएका छन । फुटको स्थितीमा पुगेको तर निर्वाचन आयोगले अझैं बैधानिकता नदिएका यि समुहले एकले अर्काेलाई सत्तोसराप गर्दै जिल्लामा शक्ति प्रर्दशन गर्दै कार्यकता भेलालाई तिव्रता दिएका छन । केपि शर्मा ओली नेतृत्वको नेकपाको समुहले निर्वाचनमा देश गएको बताउँदै आएको छ भने अर्काे प्रचण्ड माधव नेपाल समुहले सर्वाेच्च अदालतबाट संसद पुर्नस्थापना नभए सडकबाट हुन्छ भन्दै सडकमा उत्रिएको बताएका छ ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपि शर्मा ओली नेतृत्वमा रहेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनीले बुटवलमा शक्ति प्रर्दशन गरे । ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको हो । बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघले मोटरसाकईल प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनाबमा जानुपर्ने जस्ता नारा लगाएका थिए । भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु महेश बस्नेत, लिला गिरी, रमेश पौडेललगायतले सम्बोधन गरेका थिए । मुख्यमन्त्री पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले चुचे नक्सा संसदमा पेश गरेपछि घेराबन्दी सुरु भएको बताउँनुभयो । संबैधानिक निकायमा प्रचण्ड माधव पक्षले नियुक्त गर्न नदिदा प्रधानमन्त्रीले काम गर्न नपाएको उँहाले बताउँदै संसद भंग गरेरे ओलीले चुनावमा देशलाई ल्यैजानु लोकतान्त्रीक कदम भउको बताउँनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का युवा नेता महेश बस्नेतले प्रचण्डलाई अधिनायकबादको गलतबाटो बाट केपि ओलीलेसहि ठाउमा ल्याएपनि प्रचण्डले षडयन्त्र गरेर पार्टीलाई ध्यवस्त पार्न खोजेको बताउँनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*