संसद ब्युतिए फेरि अर्को केपी ओली नजन्मने: घनश्याम भुषाल

कपिल अधिकारी
१३ माघ २०७७, मंगलवार १९:३२

बुटवल -नेकपा (प्रचण्ड-नेपाल) पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले असंवैधानिकरुपमा गरेको संसद विघटनलाई सदर गरे ओलीले स्वतन्त्र अदालत माथि नै प्रहार सुरु गर्ने बताएका छन् ।

रुपन्देहीमा संचालित मिडीयाका सम्पादक, लेखक तथा बुद्धिजिवीहरुसंको अन्तक्रियामा बोल्दै नेता भुसालले अदालतको काम संविधानको रक्षा गर्ने तथा कार्यपालिका र व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने भएको बताए ।

नेता भुसालले अदालत सेटिङको प्रभावमा नपरोस भन्ने उद्देश्यले नेकपाले आन्दोलन गरेको जानकारी दिंदै जनताबाट बहुमत ल्याउने अनि सरकार चलाउँदिन भन्ने अधिकार संविधानले कसैलाई नदिएको बताए । उनले संसद ब्युंटिए फेरि अर्को केपी ओली नजन्मने ठोकुवा गर्दै संविधानले कल्पना गरे अनुसार दल बन्न नसकेका कारण समस्या उत्पन्न भएको खुलासा गरे ।

तत्कालिन एमालेमा निश्चित समयावधिमा राजनीतिबाट बिश्राम लिने नीति बनाईएपनि दुई पाटीका एकताका क्रममा त्यो कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै नेता भुसालले एमालेको नवौं महाधिवेशनले विचार एटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको बताए ।

उनले नेकपामा दलाल पुँजिपतीहरु प्रवेश गरेको पार्टीले मनन् गरेको स्विकार गर्दै तिनीहरुलारुलाई लोकतान्त्रिक बिधिबाट व्यवस्थापन गरिने प्रतिवद्धता ब्यक्त गरे । उनले पार्टीमा धेरै कमि कमजोरी रहेको स्विकार गर्दै ती सबै कमजोरी सुधार गर्दै लगिने सम्पादक तथा लेखकहरुका माझ प्रण समेत गरे ।

कार्यक्रममा पत्रकार तथा विश्लेषकहरुले ओली नेकपा र प्रचण्ड/नेपाल नेकपामा भिन्नता नदेखिएको, कार्यकर्ताहरुसँग दुरी बढेको, जनतामा निरासा रहेको तथा नेताहरुमा सामान्ति प्रबृर्ती देखिएको भन्दै आलोचना गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*