बुटवलमा केपी ओली समूहको प्रदर्शन

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा संघ नेपालले बुटवलमा प्रदर्शन गरेको छ । संघको लुम्बिनी प्रदेश स्तरीय भेलाको उद्घाटन अघि शक्ति प्रदर्शनका रुपमा मोटरसाइकल र्याली गरिएको हो ।
घोषित मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको छ । बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघ लुम्बिनीले प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला गरेको हो ।
बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शन सुख्खानगर स्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेर समापन भएको थियो । भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू महेश बस्नेत, लिला गिरी, रमेश पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
युवा संघको मोटरसाईकल र्यालीका कारण बुटवल बजारको ट्राफिक अस्तव्यस्त बनेको छ ।