लुम्बिनी प्रदेशको लागि कोरोना विरुद्धको खोप बुटवल आइपुगेको छ,

आवाज खबर
१२ माघ २०७७, सोमबार १८:०७

लुम्बिनी प्रदेशको लागि कोरोना विरुद्धको खोप बुटवल आइपुगेको छ । ३९ हजार ४ सय ९५ जनाको लागी आइतबार मध्यरात खोप बुटवल आइपुगेको र जिल्ला जिल्लामा पठाउने तयारी गरिएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

अहिले कोरोना विरुद्धको खोप बुटवलको नेपालगञ्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमै आवश्यक चिस्यान मापन गरेर राखिएको छ ।

खोप कार्यान्वयनको सम्बन्धमा आइतबार संघिय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकायहरुका बिचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो।

आज संघिय सरकारबाट जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु, अस्पतालका मेडिकल सुपरिटेण्ड, खोप अधिकृत तथा खोप सुपरभाइजरहरुसँग मार्फत छलफल गर्ने सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । प्रदेशका जिल्लाहरुमा यही माघ १४ गतेदेखि तराईका ६ जिल्लामा वितरण गरिने छ भने १८ गते पहाडी जिल्लामा खोप अभियान सञ्चालन गरिने उँहाले जानकारी दिनुभयो ।

भारत सरकारले उपलब्ध गराएको ८७ हजार ६ सय ७९ डोज लुम्बिनी प्रदेशमा आएको हो । त्यस मध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ ।

बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ। त्यसै गरी दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने छ ।

त्यसै गरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप पठाउने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*