आजको मौसम: देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

आवाज खबर
४ माघ २०७७, आईतवार ०७:५१

हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागमा मौसम सफा रहनेछ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकि भू–भागमा मौसम सफा रहनेछ।

पश्चिम वायुको प्रभाव

नेपालको भौगोलिक स्थिति र भूबनोटका कारण दक्षिण एसियामा अवस्थित नेपालमा प्रत्येक वर्ष दुइटा वायुमण्डलीय प्रणालीले निश्चित रूपमा भूमिका खेल्ने गरेको छ। एउटा पूर्व दिशाबाट चल्ने पूर्वी वायु जुन मनसुनी वायुको नामले प्रचलित छ भने अर्काे पश्चिम दिशाबाट चल्ने पश्चिम वायु करिब छ–छ महिनाको अन्तरालमा एकपछि अर्काे गरी चल्ने यी वायु समयानुसार १८० डिग्रीको कोणमा बदलिँदै गर्मीयाममा पूर्वबाट चल्छ भने हिउँदयाममा पश्चिमबाट चल्ने गर्छ।

यी दुई वायुमण्डलीय प्रणालीको आफ्नै विषेशता र महत्त्व रहेको छ भने फरक दिशाबाट चल्ने यी वायुमण्डलीय प्रणालीको कारण नेपालको मौसमी गतिविधिमा फेरबदल आउने गर्छ। हिउँदयाममा नेपालमा पश्चिम वायु चल्ने भएकाले यसको महत्त्वबारे यहाँ चर्चा गर्न खोजिएको छ।

करिब छ–छ महिनाको अन्तरालमा एकपछि अर्काे गरी चल्ने यी वायु समयानुसार १८० डिग्रीको कोणमा बदलिँदै गर्मीयाममा पूर्वबाट चल्छ भने हिउँदयाममा पश्चिमबाट चल्ने गर्छ।

यी दुई वायुमण्डलीय प्रणालीको आफ्नै विषेशता र महत्त्व रहेको छ भने फरक दिशाबाट चल्ने यी वायुमण्डलीय प्रणालीको कारण नेपालको मौसमी गतिविधिमा फेरबदल आउने गर्छ। हिउँदयाममा नेपालमा पश्चिम वायु चल्ने भएकाले यसको महत्त्वबारे यहाँ चर्चा गर्न खोजिएको छ।

सामान्यतः मंसिरदेखि माघसम्म हिउँदयाम भनिने नेपालमा चालु हिउँदमा पुसको अन्त्य भई माघ लागिसक्दा पनि वर्षा शून्य छ। वर्षाको आँकडाअनुसार गत असोजपछि वर्षा हुन सकेको छैन। प्रायः सफा मौसमका साथै टन्टलापुर घामले वायुमण्डलीय तापमान वृद्धि भएको छ।

यही बेला पश्चिमबाट चल्ने वायु समयानुसार दक्षिण पश्चिम दिशाबाट चल्न थालेकाले वायुमण्डलीय तापमान वृद्धि भई न्यानोपन महसुस भएको छ। यस्तो बेला कमजोर पश्चिम वायुको प्रभावका कारण देखा परेको सुक्खा मौसम र सुस्त गतिमा हावाको बहाबका कारण चालु हिउँदमा नेपालका विभिन्न सहरमा विशेषगरी काठमाडौंमा वायु प्रदूषणको जोखिम अत्यधिक मात्रामा वृद्धि भएको छ।

गएको पुस २० र २१ गते काठमाडौंमा वायु प्रदूषण उच्च तहमा पुगी विश्वकै प्रदूषित सहर बन्न पुगेको यहाँनेर सम्झना गर्न सकिन्छ। कचौरा आकारको काठमाडौंमा हावाको गति सीमित हुँदा धुलो, धँवाँ आदि माथि उठ्न नसकी वायुमण्डलको तल्लो तहमा जम्मा भई प्रदूषण वृद्धि भएको थियो।

तर पश्चिम वायु प्रत्येक वर्ष देखा पर्ने प्राकृतिक प्रक्रिया भएकाले यसको बहाब कहिले कमजोर हुनु र कहिले सक्रिय हुनुलाई स्वाभाविक मान्न सकिन्छ। उदाहरणकै लागि यस वर्ष पश्चिम वायु अत्यन्त कमजोर भए पनि गत वर्ष यसको सक्रियताका कारण नेपालमा औसतभन्दा धेरै वर्षा भएको थियो र देशका विभिन्न स्थानमा अत्यधिक हिमपातसमेत भएको थियो।

तसर्थ पश्चिम वायुको उतारचढावलाई सामान्य प्रक्रियाका रूपमा लिन सकिन्छ। तर पश्चिम वायुको अध्ययन गरिरहेका वैज्ञानिकहरूले पश्चिम वायुको बदलिँदो स्वभावले दक्षिण एसियामा हिउँदे वर्षा निश्चित रूपमा प्रभावित भएको बताइएको छ।

प्रारम्भिक अध्ययनअनुसार दक्षिण एसियामा हिउँदे वर्षाको आगमन औसतभन्दा पछाडि धकेलिएकोे स्पष्टरूपमा देखा परेको छ। नेपालको वर्षासम्बन्धी अध्ययनले पनि हिउँदे वर्षामा ढिलाइ हुँदै गइरहेको देखिएको छ भने वर्षाको मात्रामा पनि ह्रास आएको छ।

अध्ययनकै क्रममा विगतका वर्षमा नेपालमा मंसिर महिनामा मेघ गर्जनसहित वर्षा भई हिउँदयामको आगमनको संकेत दिने गथ्र्याे। तर मंसिरमा मेघ गर्जनसहित वर्षा हुने प्रक्रियामा धेरै कमी आएको छ भने पुसको अन्त्यतिर वा माघ नभई वर्षा नहुने भइसकेको छ। जुन हिउँदे कृषि उत्पादनका लागि निश्चित रूपमा राम्रो मान्न सकिँदैन।

यसले मानव जीवन शैलीमै असर पारी मानिसको व्यवहारमा समेत बदलाब आउनेमा विश्वास गर्न सकिन्छ। तसर्थ पश्चिम वायुको प्रभावमा देखापरेको बदलाबका कारण हिउँदयामको मौसममा देखा परेको यस्तो प्राकृतिक प्रक्रियालाई मौसमविद् जलवायु परिवर्तनको प्रारम्भिक संकेतका रूपमा लिन थालेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*