पिरको कसौडि- जनतालाई पिरैपिर,नेताको रजाइ (भिडियो)

(बुटवल)- देशप्रति चिंतन सहितको देशभक्ति गीत ‘पिरको कसौडि’ सार्वजनिक भएको छ। जनतालाई कोरोना भाइरस विरुद्ध खोपको चिन्ता भैरहेको विषयमा नेताहरुको चिन्तन हुनुको साटो राजनैतिक जालझेलमा अल्झेको समयमा देश विदेशमा रहेका नेपालीहरुको आवाजलाई प्रतिनिधित्व गर्ने गरि गीत सार्वजनिक भएको हो।
गायक विशाल क्षेत्री सहित बाह्र जना कलाकार हरुको आवाज रहेको मन छुने गित ’पिरको कसौंडी’ सार्बजनिक भएको छ। गायक विशाल क्षेत्रीको लय तथा शब्दमा जापानमा कर्मथलो बनाउँदै आएका बाह्र जना कलाकार हरुले आवाज दिएका छन ।
जसमा विशाल क्षेत्री, सूर्य खड्का, पुरुषोत्तम सिग्देल, सोना केसी, माधव सिग्देल, अमित सापकोटा, दिलेन्द्रप्रसाद जोशी, अर्जुन सुबेदी, शिवा केसी, केशव शर्मा, रबिन शर्मा, लगायत रहेका छन् । जापानका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियो गायक क्षेत्रीको आधिकारिक युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको हो ।
उक्त गीतमार्फत कलाकारहरुले देशमा विद्यमान राजनैतिक विकृति तथा विसंगति प्रति खरो कटाक्ष गरेका छन् । सर्बसाधारण नेपाली जनताको जीवनस्तर सँधै उस्तै रहने तर नेताहरु मात्रै सम्पन्न शाली हुँदै जाने गरेको मुलुकको यथार्थतालाई चित्रण गर्दै गीतमार्फत कलाकर्मीहरुले देशद्रोही तथा भ्रष्टाचारी नेताहरुको उछित्तो काढेका छन् ।
उक्त म्युजिक भिडियोको गोबिन्द बिष्ट र प्रेम दाहालले छायाङ्कन गरेका हुन् । निकै उकृष्ट बनेको छ । देश प्रतिको भावलाई गीतमार्फत उजागर गर्ने उदेश्य प्रयासस्वरुप ‘पिरको कसौंडी’ दर्शकस्रोताहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
हेर्नुहोस भिडियो….