रेशम चौधरीलाइ उच्च अदालतले पनि गर्यो जन्मकैदको सदर

काठमाडौं । उच्च अदालत दिपायलले रेशमलाल चौधरीको जन्मकैदको सजाय सदर गरेको छ । यसअघि जिल्ला अदालतले गरेको फैसला नै शुक्रबार उच्च अदालतले सदर गरेको हो ।
टिकापुर घटनामा मुछिएका रेशमलाल सहित ७ जनाको फैसला सदर भएको हो । उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर र सिताराम मण्डलको संयुक्त इजलाशले जिल्ला अदालत कैलालीको फैसला सदर गरेको हो ।
उच्चले जिल्लाको फैसला सदर गर्दै भनेको छ, “मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं। को कसुरमा सोही महलको १३, (३) जन्मकैद हुने र सो महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहयाई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेकै देखिदा सदर हुने ठहर छ।”
०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । सो विरुद्ध उनी पुनरावेदन गएका थिए ।
जनतका समाजवादी पार्टीका सांसद समेत रहेका चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।