सिर्जना खत्रीको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

मुक्ति सुबेदी
३० आश्विन २०७७, शुक्रबार ११:०९

काठमाडौं- नेपालि सांगीतिक क्षेत्रमा विगत ६ वर्षदेखि होमिएकी गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स लभ सार्वजनिक भएको छ। लोक गीत देखि र्याप सम्म गीत गाइसकेकी सिर्जनाको यो गीतले आम नेपाली युवापुस्ताको प्रतिनिधि गर्दछ ।

उनले आफ्नै युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरेकी हुन्। गीतमा सिर्जनासंगै राजेन्द्र भट्ट (मिस्टर आरजेको) आवाज रहेको छ।

सिर्जनाकै शब्द र संगीत रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन्। उनको नौटंकी माया, लाहुरे माया र डबल माया हिट गित हुन्। गीतको म्युजिक भिडियोमा पनि सिर्जना र राजेन्द्रलाई पनि देख्न सकिन्छ।

उनीहरुसँगै नविन लम्साल र काजल परियारले अभिनय गरेका छन्। गीत अहिलेको युवा युवतीको माया प्रेम र धोकाको विषयवस्तुमा आधारित छ।

भिडियो हेर्नुहोस…. https://youtu.be/s_3u7CSs9XQ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*