सिद्धार्थ राजमार्गकाे पहिराे हटाउन आजदेखि दैनिक तीन घण्टा सडक बन्द हुने

आवाज खबर
२६ आश्विन २०७७, सोमबार १०:०५

बुटवल- सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउने काम आज (असोज २६ गते) सोमबार देखि हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार प्रत्यक दिन  बिहान ६ बजेदेखि ९ बजेसम्म सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाउने कार्य हुनेछ । यो काम असाेज २९ गतेसम्म हुने बताइएकाे छ ।

पहिराे हटाउने बेलामा सडकमा यातायात आवतजावत बन्द हुने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयाे । सिद्धार्थ राजमार्ग अन्तर्गत चिडियाखोलादेखि बर्तुङ्सम्मको पहिरो हटाउने कार्य प्रत्यक दिनको ३ घण्टा  हुने सडक कार्यालयले जनाएको छ ।

गत असारदेखि परेको वर्षाले पाल्पा–बुटवल खण्डको ३० भन्दा बढी स्थानमा पहिरो खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*