३० मिनेटमै कोरोना संक्रमणको नतिजा दिने किट जापानबाट नेपाल आइपुग्यो

काठमाण्डौ- जापानबाट नेपालि समुदायको सकृयतामा नेपाल सरकारलाई करिब २१ करोड रुपैया भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ। गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजुरेबायो इंक नामक कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालय लाइ पठाएको सामाग्री काठमाण्डौमा आइपुगेको हो ।
३० मिनट भित्रै परिक्षणको नतिजा दिने किट पहिलो चरणमा ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सामाग्री चार्टड फ्लाईट मार्फत बुधवार नेपाल पठाएको थियो। सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप दिने घोषणा गरेको छ । सरकारले चाहेमा पुरै ५० हजार थान अर्थात २१ करोड रुपैयाँको सामग्री नेपाल भित्राउन सक्ने छ ।
जापानको एक प्रसिद्द चिकत्सकिय उपकरण निर्माता कम्पनी फुजुरेबायो इंकले कोभिड-१९ परिक्षण को लागि अत्यन्तै सहज र प्रभावकारी मानिएको ७ हजार पिस एन्टिजेन किट निःशुल्क रुपमा उपलब्ध गराएको हो ।
प्रतिकिट ४ हजार येन पर्ने यस्तो किट उत्पादन गर्ने यो जापानको पहिलो कम्पनी हो । कम्पनीले सहमती गरे अनुसार भएमा अझै ४७ हजार यस्ता किट नेपाल आउनेछन । हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नै चासो दिेएर प्रकृया अगाडी बढाएकाले छिट्टै सबै टेस्ट किटहरु नेपाल ल्याइनेछ।
फुजिरेबायो इंक कम्पनी र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय गरिरहेका ग्लोबल नेपाल ट्रेडिङ् एण्ड कन्सल्टेंसीका ईन्टरनेश्नल मार्केटिङ् डाइरेक्टर कपिल देव थापाका अनुसार उक्त कम्पनीले ५० हजार एन्टिजेन किट नेपाललाई उपलब्ध गराउने सहमती भएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र हुदै गए पछि जापानवासी नेपालीहरुको सकृयतामा पठाउन लागिएको सो सामग्री नेपालमा निकै उपयोगी हुने भन्दै गैरआवासीय नेपाली संघले एनआरएनए जापान, कपिल थापा, फुजिरेबायो कम्पनीका प्रमुख गोकी इसिकावा लगायतलाई विषेश धन्यवाद दिएको छ ।
उक्त स्वास्थ्य सामाग्री आइतबार नेपाल सरकारका प्रतिनिधिलाई हस्तान्तरण गरिनेछ।