कोरोनाको कारण शैक्षिक क्षेत्रमा परेको प्रभाव कस्तो छ?

माधव जोशी
१५ भाद्र २०७७, सोमबार १२:३०

काठमाण्डौ- विश्व जगतमा अहिले कोरोना महामारीका कारण आर्थिक, राजनीतिक, सामाजिक र सास्कृतिक रूपमा क्षतविक्षद हुन गई गरिबी बेरोजगारी र भोकमरी जस्ता समस्या देखा परेको छ ।

त्यस्तै शिक्षा क्षेत्र पनि कोरोनाको कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक क्यालेन्डरको समेत क्रमभंग भएको छ। शिक्षा प्रणाली नै निष्प्रभावी र अनुत्पादक सिद्ध हुँदै गएको छ । यतिखेर विश्वभर करिव १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८७० विद्यार्थीहरूको दैनीक पठनपाठन र नियमित परीक्षाको तालिका अवरुद्ध भएको छ ।

त्यस्तै लकडाउनका कारण नेपालमा पनि परीक्षाको अन्तिम तयारीमा रहेका कुल ९ लाख ६२ हजार विद्यार्थी हरू समेत परीक्षा स्थगितको सूचना आएसँगै वेचैन भएका छन। एकातिर कोरोना संक्रमितको संख्या द्रुत रुपमा फैलिरहेको छ।

सबै विश्व विद्यालयहरूमा नियमित वार्षिक परीक्षाहरू पनि रोकिएका छन जसका कारण परीक्षा तयारीमा रहेका हजारौं विद्यार्थीहरू आफ्नो शैक्षिक भविष्य के हुने हो भन्ने मनोवैज्ञानिक दोधारमा परेका छन।

कोरोना कहर महामारीका कारण सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुने खाने वर्गले प्राप्त गदै आएको ठुलो दरार आउने देखिन्छ । त्रिभुवन बिश्वविद्यालयका कारण यस्तो भैरहेछ । त्रिविले उपयुक्त समयमा परिक्षा संचालन र नतिजा प्रकाशन नगर्दा, भर्ना प्रक्रिया प्रारम्भ नगर्दा विद्यार्थीहरु अन्य स्वदेशी र बिदेशी विश्वविद्यायहरुमा महंगो शुल्क तिरेर पढ्न बाध्य हुँदैछन् ।

त्यसैले आजभोलि मिडियामा जताततै यस्ता बिज्ञापनहरु देख्न पाइन्छन् । टियुले स्नातक तह चौथो बर्षको जाँच समेत लिन सकेको छैन तर अन्य विश्वविद्यालयले स्नातकोत्तर तहको भर्ना समेत खोलिसके । ६/६ महिनामा भर्ना लिने पनि गर्छन् कुनै विश्वविद्यालयहरुले, यद्यपि यो चाहिँ टियुको भर्ना प्रक्रिया अनिश्चित छ, अब हाम्रो कलेजमा भर्ना गर्नुस् भन्ने लोभ ग्याप वर्षका बिध्यार्थीलाई देखाउँदै खोलिएको भर्ना हो ।

अन्तिम वर्ष वा सेमेस्टरको मात्र कुनै बिधिबाट जाँच गर्न सकेको भए हजारौं बिध्यार्थीले अन्यौलमा बस्नुपर्ने वा लाखौं पैसा खर्च गर्नुपर्ने अवस्था आउने थिएन । यसले गर्दा नेपालमा पढने र विदेशमा पढने विद्यार्थीको अन्तर पनि कति रहेछ भन्ने हाम्रा विश्व विद्यालयले प्रमाणीत गरि सकेको छ। यतिखेर कुनै पनि विद्यार्थी संगठन बोलेको पनि छैन शैक्षिक मुद्दा छोडेर कता अल्झिरहेका छन यसले गर्दा विद्यार्थी संगठनको भविष्य प्रति प्रश्न उठेको छ।

यसकारण बढदो शैक्षिक असमानता कमजोर स्वास्थ्य अवस्था हिंसा बालश्रम तथा बालविवाह जस्ता जोखिम बढने सम्भावना देखिन्छ । बालबालिकाले विद्यालयमा अहिले सम्म हासिल गरेका सिकाइ उपलब्धिहरू गुम्ने खतरा त्यतिनै देखिन्छ । विशेष गरि निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूको अनपेक्षित रूपमा क्षति वृद्धि भई यसको दीर्घकालमा नकारात्मक प्रभाव पर्ने हुदा जसको मारमा विद्याथी र अभिभावक समेत पर्ने अवस्था रहन्छ ।

लक्षप्रति समर्पित व्यक्ति कहिल्यै कुनै को अगाडि न त धेरै हास्छ न त असफल भएमा हताश नै हुन्छ विद्यार्थी हरूको नी एउटा लक्ष्य हुन्छ आफ्नो पढाइ सक्के र भविष्य बनाउने बाबु आमा लाई नी आशा हुन्छ अब मेरा बालबच्चाले केही गर्लान भन्ने तर यता त निराशा छ विद्यार्थीहरू लाई आफ्नो लक्ष्यमा पुरै घाउ नै घाउ छ आफ्नो १ वर्षको कमाही खेर जाने हो कि भनेर ६ महिना भयो नत अध्ययन छ तन अध्यापन ।घाउमा मलम लागाउने कि नून छर्किने हो विद्यार्थी संगठनको हातमा छ ।

विद्यार्थी संगठन भनेको विद्यार्थीहरूको डाक्टर हो ,डाक्टरले रोगको औषधि मात्र तत्कालको लागि गर्दैन , उसले त लामो समयसम्म यथावत चलाइराख्न सल्लाह दिन्छ ।यसो भनिरहन नपर्ला कि औषधि गर्नुभन्दा पहिला रोगको मूलकारण पता लगाउन आवश्यक हुन्छ । त्यसैले विद्यार्थीहरूको समस्या समाधान गर्नका लागि विद्यार्थी संगठन हरूले अभिभावकत्व ग्रहण गर्नै पर्छ ।

लकडाउन गर्दा मान्छेलाई केही सिक्न बाध्य पनि बनाएको छ व्यवहारिक ज्ञान सिक्ने अवसर पनि प्राप्त भएको छ । अभिभावक र विद्यार्थीको बीचको दोहोरो जवाफदेही अभिवृद्धि भएको छ। विद्यार्थीले घर परिवारबाट जीवनका मूल्य मान्यता र व्यावहारिक ज्ञान आर्जन गर्ने अवसर प्राप्त गरेका छन।

शिक्षण सिकाइका लागि बेइमानीका भौतिक पूर्वाधार भात्र प्रयाप्त होइन जोखिम व्यवस्थापनका लागि प्रविधिको कौशततापूर्ण उपयोगिता तर्क समेत ध्यान केन्द्रीत गराएको छ। प्रविधिको उपयोग मार्फत स्वअध्ययन गर्ने बानीको पनि विकास भएको छ। सिकाइ सहजीकरण सियरिङ्ग र क्षमता विकासको प्राप्त भएको छ ।

डिजिटल डाइनोसर प्रवृत्तिका मौजुदा शैक्षिक जनशक्ति र स्क्रिन युनिट सिकारूप बीचमा हाम्रो शिक्षा प्रणालीले अपडेट गर्ने अवसर प्राप्त गदै छन। शिक्षा प्रणालीको प्याराडाइज्म सिफ्ट हुदैछ भने शिक्षा क्षेत्रमा गरिदै आएको राष्ट्रिय लगानी र प्राथमिकतामा समेत पूनर्विचार गर्ने अवसर प्राप्त भएको छ।

शिक्षक र विद्यार्थी दुवै पक्षलाई शिक्षण सिकाइका सवालमा प्रविधि मैत्री बन्नका लागि प्रेरित गरेको छ। शिक्षण सिकाइका लागि बेइमानीका भौतिक पूर्वाधार भात्र प्रयाप्त होइन जोखिम व्यवस्थापनका लागि प्रविधिको कौशलपूर्ण उपयोगिता तर्क समेत ध्यान केनदीत गराएको छ।

प्रविधिको उपयोग मार्फत स्वअध्ययन गर्ने बानीको पनि विकास भएको छ।सिकाइ सहजीकरण सियरिङ्ग र क्षमता विकासको प्राप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*