भारत र चिनबीच झडप

एजेन्सी – लद्दाखमा भारत र चिनियाँ सैनिकबीच फेरि झडप भएको छ ।
भारतले चिनियाँ सेनाले पूर्वी लद्दाखको सीमामा भएको सहमति उल्लंघन गरेकाले झडप भएको जनाएको छ ।
भारतले चिनियाँ सैनिकहरूले उक्साहटपूर्ण कदमहरू चाल्दा बाहिरी इलाकामा स्थिति परिवर्तन गर्न खोजेकाले भारतले त्यसको प्रतिकार गरेको जनाएको छ ।
भारतीय सेनाको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सैनिकहरूको उक्साहटपूर्ण कदमलाई रोकेको छ । भारतीय सेना वार्ताबाट शान्ति पुनर्स्थापनाको पक्षमा छ तर यसको साथै आफ्नो क्षेत्रको अखण्डतालाई जोगाउन पनि प्रतिबद्ध छ ।
यस विवादबारे ब्रिगेड कमाण्डर तहमा बैठक भइरहेको छ ।’
भारतीय सेनाका अनुसार यो झगडा २९ अगस्टको रातमा भएको थियो । भारतीय सेनाले चिनियाँ जनमुक्ती सेना (पीएलए) ले सीमामा यथास्थिति परिवर्तन गर्न खोजेको थियो, तर सतर्क भारतीय सैनिकहरूले त्यसो हुन नदिएको बताएको छ ।