‘तपाईंको मास्क खै’ अभियान प्रभावकारी बन्दै (भिडियो सहित)

मुक्ति सुबेदी
२ भाद्र २०७७, मंगलवार १०:२५

रुपन्देहीका अधिकांश स्थानमा लकडाउन गरिएको छ। यसैबीच तिलोत्तमा नगरपालिकामा रहेको जागृति युवा क्लबले कोरोना भाइरसबाट सचेत रहन ‘तपाइको मास्क खोइ’ अभियान सुरु गरेको छ। तिलोत्तमा नगरपालिकाको वार्ड न २ क्षेत्रभित्रका १८ वटा स्थानमा पोस्टर टाँसिएको छ। १७ जना युवाहरुको समूह रहेको यस क्लबले १ हप्तादेखि यसप्रकारको सचेतना कार्यक्रम गरिरहेको छ भने आगामी १ हप्ता नयाँ कार्यक्रमलाई अगाडि बढाउने उनीहरुको योजना छ।

२०६२ सालमा स्थापना गरिएको यस संस्थाले विगतका दिनमा पनि सामाजिक कामहरु गर्दै आइरहेको छ भने विकृति विसंगति विरुद्ध पनि कार्यक्रम हरु गर्दै आएको छ। कोरोना भाइरसले देश नै आक्रान्त भैरहेको अवस्थामा सानो भएपनि उदाहरणिय काम गरि समुदायलाई सकारात्मक प्रभाव होस् भन्ने हेतुले यो अभियान सुरु गरिएको संस्थाका अध्यक्ष बिदुर केसीको बताएका छन्।

नेपालमा कतिपय स्थानमा अझैपनि कोरोना भाइरस प्रति खासै सचेत भएको पाइदैन। आफ्नो क्षेत्र र समुदायका व्यक्तिहरु सुरक्षित भएपछि मात्र देश नै स्वस्थ बन्न सक्छ। तिलोत्तमा नगरपालिकाका भिडभाड हुने स्थानमा यस प्रकारका पोस्टर टाँसिएको र आगामी दिनमा थप गरिदै जाने योजना रहेको र तपाइको मास्क खोइ भन्ने प्रश्नले हरेक व्यक्तिलाई झक्झकाउने र यदि नलगाएको भए मास्क लगाएर हिड्न प्रेरणा दिएको उपाध्यक्ष भिमलाल पौडेलले जानकारी दिएका छन्।

यस प्रकारको कामले सामाजिक संजालमा समेत प्रभावकारी भूमिका खेलेको छ। मास्क लगाउनु, सामाजिक दुरी कायम गरेर भेटघाट गर्नु, सेनिटाइजर लगाउनु, समय समयमा हात धुनु कोरोनाबाट बच्न प्रमुख रुपमा अपनाउनुपर्ने नियमहरु हुन् । प्रहरी र नगरपालिकाले समेत यस कामको प्रशंसा गरेको छ। यस्ता क्रियाकलापले प्रहरीलाई समेत सहयोग गरेकोमा प्रदेश ५ ट्राफिक प्रहरी प्रवक्ता डिल्लिनारायण पाण्डेयले धन्यवाद प्रकट गरेका छन्।

तिलोत्तमा नगरपालिकाको वार्ड न २ बाट सुरु गरिएको यस अभियानलाई देशैभर फैलाउदै सचेतना कार्यक्रम चलाउन सके कोरोना भाइरस नियन्त्रणमा सहयोग पुग्न सक्ने आंकलन गरिएको छ।

भिडियो हेर्नुहो…https://youtu.be/wlhXLUQpMBI

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*