विश्वकै सर्वाधिक धनी फुटबल खेलाडी मेस्सी

आवाज खबर
३० श्रावण २०७७, शुक्रबार ११:४१

एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका लियोनेल मेस्सी फुटबलबाट सर्वाधिक धनी खेलाडीको सुचिमा शीर्षस्थानमा रहेका छन् । फ्रान्स फुटबलले निकालेको तथ्यांकअनुसार मेस्सीले पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन सर्वाधिक धनी खेलाडीको शीर्षस्थानमा उभिएका हुन् ।

मेस्सीले २०१९ मा १२० मिलियन पाउन्ड कमाई गरेका छन् । रोनाल्डोले १०९ मिलियन पाउन्ड कमाएका छन् । मेस्सीले रोनाल्डोको भन्दा ११ मिलियन बढी कमाए । १०० मिलियनभन्दा बढी कमाई गर्ने खेलाडी मेस्सी र रोनाल्डोमात्रै रहेका छन् । उनीहरुले आफ्नो पारिश्रमिक, बोनस, विज्ञापन लगायत अन्य माध्यमबाट कमाई गरेका हुन् ।

ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार ८७ मिलियन कमाइसहित तेस्रो स्थानमा रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका ग्यारेथ बेल ३५.४५ मिलियनसहित चौथो स्थानमा रहेका छन् ।

बार्सिलोनाका एन्टोइन ग्रिजमन ३५.२५ मिलियनसहित पाँचौ स्थानमा अटाउँदा बेल्जियन तथा रियल म्याड्रिडका इडेन हाजार्ड ३२.०६ मिलियन पाउन्डसहित छैटौं स्थानमा छन् । क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर तथा जापनिज क्लब भिसेल कोवीका आन्द्रेस इनिस्टा सातौं स्थानमा अटाउँदा इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ ३०.९६ मिलियनसहित आठौं स्थानमा छन् ।

जर्मन क्बल बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की २६.५६ मिलियन पाउन्डसहित नवौं स्थानमा रहँदा फ्रान्स तथा पीएसजीका युवा स्टार केलियन एमबाप्पे २४.७३ मिलियन पाउन्डसहित शीर्ष १० भित्र अटाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*