बुटवलमा डोजर चलाएर घर भत्काइयो

मुक्ति सुबेदी
२१ श्रावण २०७७, बुधबार ११:५४

बुटवल उपमहानगर पालिका वडा न ११ योगिकुटी देखि वडा न ६ को कृर्षि थोक उपजकेन्द्र सम्म रहेको कालिकापथ बिस्तारको क्रममा सडक सिमा भित्र रहेको घर हरु भत्काईएको छ। बुटवललाइ ब्यवसायको प्रमुख केन्द्र बनाउने उधेश्यका साथ सडक बिस्तारको निम्ति भत्काइएको नगरपालिकाले बताएको छ।

संघिय, प्रदेश र स्थानिय सरकारले बहुवर्षीय योजना अन्तर्गतको ‘कालिकापथ नमुना सडक’ अबको ३ वर्ष भित्र निर्माण सम्पन्न हुने गरि काम थालिएको बुटवल उप-महानगरपालिका उपप्रमुख गुमादेबी आचार्यले बताउनुभयो।

नगरपालिकाले यसअघि पटक पटक सुचना जारि गर्ने, माइकिङ्ग तथा मार्किङ्ग गरेपनि घरधनी आफैले नभत्काएपछि डोजर लगाइएको हो। बुटवल उप-महानगरपालिकाले नालि बिस्तार र प्रदेश सरकारले ६ लेनमा सडक चौडा गर्नका लागि बिनियोजन गरेको बजेटबाट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सूरु गरिएको भयपनी स्थानीयको अवरोधले गर्दा रोकिएको थियो।

बिहानै ठुलो संख्यामा प्रहरी सहित बुटवल उप-महानगरपालिकाको डोजरले बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष खिम बहादुर हमालको घर समेत भत्काएको छ । हमाल अहिले सडक निर्माण रोक्न सर्वोच्च अदालत पुगेका छन् ।

यसअघि २०५४ सालमा यो सडकलाई ८२ फुट कायम गर्ने गरी तत्कालीन बुटवल नगरपालिकाले तयारी गरेपनी केही घरधनीले सडक विस्तारमा अवरोध सिर्जना गरेकाले काम सूरु हुन सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*