राजश्व अनुसन्धान प्रमुख घुससहित पक्राउ

आवाज खबर
२० श्रावण २०७७, मंगलवार १६:४७

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले राजश्व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय राना र व्यवसायी अनिल कुमार झालाई २ लाख घुससहित नियन्त्रणमा लिएको छ ।

बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत उनलाई घुस वापतको रकम लेनदेन गर्दैगर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा. भीष्मप्रसाद भुसालले जानकारी दिए ।

अख्तियारले सोमबार मात्रै बाके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई ८ लाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*