गायिका सिर्जना खत्रीले तीजमा छड्के तिलहरी लगाउने

कोरोनाका कारणले भिडभाडमा तीज मनाउन नपाइने भएपछी गायिका सिर्जना खत्रीले भने घरमै बसी छड्के तिलहरी लगाएर नाच्ने भएकी छिन। उनि आफूमात्र नाच्ने भने होइन, यसपटक सबैलाई छड्के तिलहरी लगाएर नाच्न पनि आग्रह गरेकी छिन। तीजका गीतमा पछिल्लो समयमा छाडापन मौलाइरहेका बेला सन्देशमुलक गीत ‘छड्के तिलहरी’ बजारमा आएको छ ।
नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित मौलिक गीत ‘छड्के तिलहरी’ बजारमा प्रकाशन भयको हो । रेशम प्रधानको शब्द तथा संगितमा सुसज्जित गीतमा टेक अधिकारी र सृजना खत्री ‘हाउडेमाया’ ले स्वर भरेका छन् । युवराज खत्रीको निर्देशनमा यादव देवकोटा र आयुष्मा कार्कीको अभिनय रहेको यस गीतको भिडियो सार्वजनिक भएपश्चात राम्रो प्रतिक्रिया पाएको गायिका सिर्जना बताउछिन ।
कोरोना महामारीका बेला फजुल खर्च नगरी तीजलाई खर्चिलो बनाउन हुँदैन भन्ने सन्देश गीतमा समेटीएको छ । हैसियत भन्दा ठूलो चाहना राख्न नहुने र घाँटी हेरेर हाड निल्नुपर्ने जस्ता भाव यस गीतले बोलेको छ । ‘ओई सानी’ गीतको चर्चापछि सिर्जना खत्रीको लोक संगीतमा यो दोस्रो गीत हो। यसअघि गायिकाले लोक पप शैलीका डबलमाया, लहुरेमाया र नौटंकीमाया लगायतका गीतहरु गाएर चर्चाको शिखरमा रहेकी छिन। गीतलाई हाम्रो तर्फबाट शुभकामना छ।
भिडियो हेर्नुहोस…..