डब्ल्युएचओ- जोखिम कायम छ, दूरी कायम गर्नुहोस

आवाज खबर
१९ श्रावण २०७७, सोमबार १५:३५

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

पछिल्लो समय सरकारले लकडाउन हटाएपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ । संक्रमणबाट जोगिन एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण हुने डब्ल्युएचओको भनाइ छ । यहाँ मानिसको भीडभाड बढ्न थालेपछि भ्याण्डेलरले दूरी कायम गर्न अपील गरेका हुन् ।

खोक्दा वा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको हुँदा एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले सुझाएका छन् । कम्तीमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्नेतर्फ ध्यान दिनसमेत उनले आग्रह पनि गरे ।

त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ त्यस्तो बानी बसाल्न आवश्यक देखिएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*