गायक तथा संचारकर्मी दिपु मगरलाइ तीजमा रोगि दिदीको चिन्ता

मुक्ति सुबेदी
१६ श्रावण २०७७, शुक्रबार ११:२८

लोक गायक तथा संचारकर्मी दिपु मगरले तीजमा आफ्नो रोगि दिदीको चिन्ता गरेका छन्। यो चिन्ता भने उनको वास्तविक जिवनमा नभएर गीतमा मात्र हो। केहि दिन अगाडि नयाँ मौलिक तीज गीत “रोगी दिदी” सार्वजनिक गरेका दिपु मगर रुपन्देहीका संचारकर्मी समेत हुन्। आफ्नै स्वर, शब्द, संगीत रहेको यस गीतमा गायिका रेनु राना मगरले स्वरमा साथ दिएकी छन ।

गीतको भिडियोमा विहानी, नोहित प्रेम, कल्पना र गायक दिपुको अभिनय देख्न सकिन्छ भने गीतको निर्देशन पनि गायक स्वयंले गरेका छन् । गायक दिपुले आफ्नै युट्युव च्यानलबाट गीतकाे भिडियो सार्वजनिक गरेका हुन। विष्णु भट्टराइले छायांकन तथा सम्पादन गरेको यस गीतमा मौलिक संस्कृती, समाजको यथार्थता र दिदि भाइको पिर-ब्यथाको यथार्थ चित्रण गरिएको छ ।

चेलीहरुको पिडा समेटर तयार पारिने गीत तीज गीत हो तर अहिलेको बजारमा तीज गीतको नाम झुण्डाएर नारीहरुको महान चाड हरितालिका तीजकै अपमान गरि छाडा र उरन्ठ्यौला गीत गायक गायिकाले सार्बजनिक गरिरहेको बेला चर्चित गायक दिपु मगरले भने एक मौलिक गीत सांगीतिक बजारमा सार्बजनिक गरेका छन् ।

यस गीतमा बालापनको स्मरण गर्दै आफनी दिदिसंग खेलेका अनि हुर्केका कुराहरुलाई गीतमा उतारेका छन् । प्युठानमा जन्मे हुर्केका दिपु मगर १ दशक भन्दा लामो समय देखि रुपन्देहीमा रहेर गित, संगित र संचार क्षेत्रमा क्रीयाशिल रहदै आएका छन। यस गीतलाई हाम्रो तर्फबाट पनि शुभकामना।
भिडियो हेर्नुहोस….

https://youtu.be/XySgUmbTDNU

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*