लकडाउनले सिकाएको पाठ…

भरत बगाले योगि
१३ श्रावण २०७७, मंगलवार १८:१८

करिब ४ महिनाको बन्दाबन्दिले (लकडाउन) धेरै कुरा सिकाएको छ । पहिलो कुरा त, हाल सम्म विज्ञानद्वारा भए गरेका उन्नती र प्रगती बारे पुनर्विचार गर्न वाध्य बनाएको छ । अचानक कस्ता कस्ता समस्या, बिपत्तिहरु आउन सक्छन् र तेस्को लागि कस्तो रणनीति अपनाउनु पर्छ, अनि युद्धस्तरमा त्यसलाई कसरी कार्यन्वयन गर्न सकिन्छ भन्ने पाठ सिकाएको छ । संगै सिकाएको अर्को सबैभन्दा महत्त्वपूर्ण पाठ हो – “मानिस आवस्यकताले भन्दा इच्छाले परिस्थितिको दास बनिरहेको छ” ।

जानीजानी आफ्नै जीवन जटिल बनाएको छ । माकुराले झै आफै जालो बुन्दै आफै फसिदै गरेको छ । बढो अचम्म । घतलाग्दो । सामान्यतया यो जनजिब्रोकै वाक्य भएतापनी, यसको गहिराइ यो लकडाउने प्रस्ट्याएको छ । हाम्रो दौडथुप साचो रुपमा अर्थपूर्ण छ कि छैन परिक्षा लिएर मुल्यांकन गर्ने अबसर प्रदान गरेको छ । र हामिलाई सुबिधाले कति निकम्मा बनाएको रैछ भन्ने हाम्रो हैसियत ऎना जस्तै छर्लङ्ग पारिदिएको छ ।

एकताका सामाजिक संजालमा प्रख्यात शासक “हिटलरले सदनमा भाले नग्याएको” रोचक कथाले निकै स्थान पाएको थियो । अत्यन्तै चर्चित छोटो, मीठो र स्तरीय कथा । नपाओस् पनि कसरी ? आखिर हाम्रो परिवेश झल्कन्छ कथामा । नेतृत्वले आम सर्बसाधरण माथी गर्ने ब्यवहार र क्रियाकलापमा कत्ती पनि फरक देखिदैनन । यो अर्थमा बिहान बेलुका, या त कम्तिमा दिनमा एक पटक कथा सम्झनैपर्छ ।

हाल सम्मको घटनाक्रम ले यहि संकेत गरेको छ । यसो गरियो भने हामी सोच्न बाध्य हुनेछौं कि हाम्रो हबिगत के हुनेवाला छ र यसले हाम्रो हैसियतको बारम्बार याद दिलाउछ । खेर यी त भए राजतिनिक प्रसङ्गका कुरा आज यता प्रवेश नगरौं । सोचौं यसरी कि यो अचानक फैलिएको गन्जागोल जालो बाट कसरी मुक्ति मिल्न सक्ला । हुन त सोच्नुपर्ने अरु धेरै विषयहरु नभएका पनि होइनन् । छन् । तर दिमागको स्थिती लाई सन्तुलनमा ल्याइ , आग्रह पूर्वाग्रह बिनानै अन्य बिसयमा प्रवेश गरियो भने मात्र नतिजा राम्रो आउन सक्छ । तेसैले फरक ढंगले यो कथा लाई यहाँ बिज्ञान सङ जोड्ने प्रयत्न गरिएको छ ।

आफ्ना तर्कलाई थाती राख्दै (म बिज्ञानको खिलाफ नभएको प्रस्ट्याउदै) यदि बिज्ञानलाई हिटलर जस्तै क्रूर ठानेर तुलना गरियो भने यो जटिल अबस्थाको सुरक्षित अवतरण हुने देखेको छु । जसरी हिटलरले सदनमा भालेको प्वाख एक एक गर्दै उखेल्छ तेसैगरी बिज्ञानले पनि हाम्रो एक एक प्वाख उखाल्दै फाक्दै गरेको छ र पुर्णतः नाङ्गो बनाएको छ हामिलाई ।

हाम्रा मौलिकता, हाम्रो सस्कृति, मानवीय जिम्मेवारी, सस्कार, धर्म लाई एक एक गर्दै निकाल्दै फालिरहेको छ । यहाँ सम्म कि लगभग लगभग मानवताको पनि घाँटी अट्याइसकेको देखिन्छ । हामी फेरि त्यो भाले झै जो सदनमा हिटलरले फालेको दाना खादै सबै पीडा बिर्सेर हिटलर को पछि पछि लाग्छ तेस्तै पुनः बिज्ञानकै पछि लाग्दैछौ बिज्ञान भनेको यहाँ टेक्नोलोजी लाई बुझौं ।

केही थान सुबिधाको प्रलोभनमा हामिले आफू नाङिएको पनि थाहा पाएका छैनौं आखिर यस्तो लाचारीपन कैले सम्म ?? र ठूलो प्रश्न आखिर किन ? यसबारे पक्कै सोच्नुपर्छ । यसो भन्नुको अर्थ मैले माथी उल्लेख गरिसके, बिज्ञानको खिलाफ जाउ भन्ने भने पक्कै होईन । किनकी हामिलाई राम्रो सङ थाहा छ यो धर्तिको, पृथ्वीको अस्तित्वमा रहेका हरेक सजिब प्राणी मध्य मानिस सबैभन्दा श्रेष्ठ छ । उसलाई उसको क्षमताले यो स्थानमा पुर्याएको हो । जस्तो कि मानिस चरा झै उड्न सक्दैन तर उसले हजारै माइलको उडान भर्न सक्ने हवाइजहाज बनाएको छ, मानिस घोडा झै दगुर्न पनि सक्दैन, तर घोडा भन्दा तेज गुड्ने साधनहरु बनाएको छ ।

मानिसले माछा झै तैरिन पनि सक्दैन तर सात समुद्र पार गर्ने पानीजहाज बनाएको छ । यसो भनौं आकास देखि धर्ती , अनि समुन्द्र सम्म मानिसले राम्रो पकड जमाएको छ । र तेस्को कारण हो, मानिस भित्रको चेतनाको, बिबेकको हो । मानिसलाई प्रकृतिले सोच्न सक्ने क्षमता प्रदान गरेको छ र त मानिस आविस्कारिक छ र न त यी खाले टेक्नोलोजीको बिकास सम्भव भएको छ ।

यी सबै स्वीकार्य छन् र जायज पनि छन् । तर जब बिज्ञान लाई प्रकृतिको खिलाफका लागि उतारिन्छ प्रतिस्पर्धिका रुपमा मानिस असफल हुन्छ, कारण प्रकृति भन्दा ठूलो अरु केही हुन सक्दैन । यहि कारण हो बेलाबेला अनेकौं समस्याले मानिसलाई खाल्टोमा जाकिदिन्छ र उस्को सपना लाई पनि । मानिसले हरेक क्षेत्रमा जितेर पनि साधरण बिसयमा हारेको छ । यो अत्यन्त दु:खद कुरा हो र सायद तेसैको नतिजा पनि होला यो माहामारी कोरोनाको संक्रमण ।

हुनत चुनौती संग अबसर पनि हुन्छन् । यो समयले धेरै चुनौती खडा गरेता पनि केही अबसर भने पक्कै प्रदान गरेको छ र त्यो हो हामी सरल साधकि जीवन निर्वाह गर्न सकिन्छ सम्भब छ र गर्नुपर्ने रैछ यो आवस्यक हैछ यो बोध गराएको छ । वास्तबमा हामि आवस्यकताले भन्दा आफ्नै असिमित इच्छाले जगडिएका रहेछौं अब भने सुध्रिने अबसर छ बेलैमा सचेत हुन सके जटिल परिस्थिति आउदैन यो सिकाइ प्रस्टिएको देखिन्छ ।

अतः चुरो कुरो के भने, अकल्पनीय अनि बढ्दो कोरोना संक्रमणले अर्थतन्त्र ध्वस्त भैसकेको छ र थप बिधोम्स मच्चिने निस्तिच छ । यस बिचमा बिगत बाट पाठ सिकेर जीवनशैली लाई साधारण बनाउनु पनि एक उत्तम उपाय हुन सक्छ । समानान्तर आम्दानीको स्रोत निर्माण गर्न कृषिमा समर्पित हुनु अर्को उपाय हुन सक्यो । खर्च कम गरि आर्थिक मितब्याइता अपनाउनु पनि अर्को हुन सक्यो । परिस्थिति लाई यथारुपमा स्थापित गर्न निकै समय लाग्छ तेसैले सकिने जति आफ्नोतर्फबाट योगदान दिनुपर्ने देखिन्छ ।

(भरत बगाले योगि आवाज खबरका नियमित स्तम्भकार हुनुहुन्छ )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*