आँफै गायिका, नृत्य आफ्नै: चर्चामा कला लम्सालको पातली २

मुक्ति सुबेदी
१३ श्रावण २०७७, मंगलवार १७:२६

२ हप्ता अघि नेपालि लोक सांगीतिक बजारमा लोकप्रिय गायिका कला लम्सालको तिज गित पातली २ बजारमा भित्रिएको थियो। पोहोर साल पातलीले चर्चा कमाएपछि कलाले यस बर्षको तिजमा पातली २ बजारमा ल्याएकी थिइन।

शिव हमालको लय तथा शब्द रहेको मौलिक तीज गीत पातलीले युटुब र टिकटकमा समेत चर्चा बटुलिरहेको छ। पातली २ मा कला लम्सालको गायन र आकर्षक नृत्य देख्न सकिन्छ भने उनलाई दिपासा बिसीले साथ दिएकी छिन। यस अवधिमा साढे ५ लाख बढिले कला लम्सालको युटुबमा गीतलाई हेरेका छन् भने टिकटकमा समेत हजारौ शेयर भएको गायिका बताउछिन।

तीज गीत बाहेक अन्य लोक गीतहरुमा समेत आवाज भरिसकेकी गायिका कला लम्साल लाइ नचिन्ने विरलै होलान । मौलिक गीत संगीतलाइ बजारमा प्रकाशित गर्न पाउँदा आफुलाई आत्मसन्तुष्टि र आनन्द मिल्ने उनि बताउछिन ।

गितको भिडियो पनि आकर्षक बनेको छ, पोखराको लेकसाइडमा सुटिङ भएको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन्। विगत १३ वर्ष देखि गीत संगीतमा सक्रिय भएर लागिरहेकी गायिका कला लम्सालका छड्के तिलहरी, महारानी, पातली लगायतका गीतहरु चर्चामा रहेका छन्।

भिडियो हेर्नुहोस…https://youtu.be/ZsrrSCuECN4

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*