स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जनालाई कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

मृतकको संख्या ४८ पुग्यो
आवाज खबर
१२ श्रावण २०७७, सोमबार १६:५३

स्याङ्जा । स्याङ्जामा १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालमा थप ३ जना कोरोनाको कारणबाट मृत्यु भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी विमलराज कणेल सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टि गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका ९८ जना प्रहरीको गत साउन ७ र ८ गते कोरोना परीक्षणका लिइएको स्वाब लिइएको थियो । जसमध्ये सोमबार १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन ।

यसअघि जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारी कर्मचारीको संख्या २१ पुगेको छ ।

कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए।

पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको हो ।आइतबार मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको थियो।

सोमबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५० पुगेको छ। जसमध्ये प्रदेश १ मा १९५, प्रदेश २ मा १ हजार ९११ जना , बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा २४४ जना , प्रदेश ५ मा ३५३ जना, कर्णाली प्रदेशमा ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ५४ पुगेको छ। ।क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३७९ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४ हजार ९ सय ५० जनाको उपचार भइराखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*