कोरोन भाइरस: विश्वमा एक करोडभन्दा धेरैले जिते, १० लाख जनामा ८४ जनाले ज्यान गुमाउदै

आवाज खबर
१२ श्रावण २०७७, सोमबार १४:१७

विश्वमा एक करोडभन्दा धेरैले कोरोना भाइरसकाे सङ्क्रमणलाई जितेका छन् । अहिलेसम्म एक करोड ५६ हजार दुई सय ८८ जनाले कोरोनालाई जितेका वल्डाेमिटरले जनाएको छ । आइतबार एकैदिन एक लाख ३५ हजार ४२ जनाले कोरोनालाई जितेका थिए ।

पछिल्लो समय सङ्क्रमणको दरसँगै निको हुनेको दर पनि बढिरहेको छ । शनिबार झण्डै दुई लाख जना उपचारपछि निको भएका थिए । विश्वमा अहिलेसम्म एक करोड ६४ लाख ३० हजार ६ सय ६६ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यसमध्ये एक करोडभन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले ५७ लाख २१ हजार आठ सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने ६६ हजारभन्दा धेरैको अवस्था गम्भीर छ । अहिलेसम्म मृत्युदरलाई हेर्दा प्रति १० लाखमा ८४ जनाको ज्यान जाने गरेको देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*