कोरोना विरुद्धको खोप २०२१ सम्म प्रयोगमा आउन सक्छ: डब्लुएचओ

आवाज खबर
८ श्रावण २०७७, बिहीबार १८:१९

कोरोना भाइरसको नियन्त्रणका लागि विश्वभर अनुसन्धान भइरहेको छ। बेलायत, चीन, अमेरिका लगायतका राष्ट्रहरुमा भाइरस विरुद्ध प्रयोग गर्न भ्याक्सिनको समेत निर्माण भइरहेको छ। ती भ्याक्सिनहरुको हाल परीक्षण भइरहेको छ।

विश्वभर महामारीका रुपमा फैलिएको भाइरसको नियन्त्रणका लागि महत्वपूर्ण मानिएको भ्याक्सिन कहिलेसम्म तयार हुन्छ भन्ने यकिन भइसकेको छैन। तर, वैज्ञानिकहरुले भने नयाँ नयाँ भ्याक्सिनहरु बनाउँदै आएका छन्।

यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने भ्याक्सिन बन्ने क्रम जारी रहेपछि यसको प्रयोग २०२१ मा मात्रै हुनसक्ने जनाएको छ। संगठनका विज्ञ डा माइक र्‍यानले भ्याक्सिनहरुले किल्निकल फेस ३ पार गरेपनि अझै अध्ययन जरुरी रहेको बताए। उनले मानिसहरुमा यसको परीक्षण गरेर मात्रै भ्याक्सिन पूर्ण रुपमा प्रयोग गर्न सकिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*