रुचाइयो मधु क्षेत्रीको ‘सोचेझैँ जिन्दगि रैनछ’

१ हप्ता अघि सार्वजनिक भएको तीज गीत ‘टेबुलमा ऐना छ, सोचेझैं जिन्दगि रैनछ’ गायक तथा सर्जक खेम सेन्चुरी र मधु क्षेत्रीको आवाजमा बजारमा आएको थियो। नेत्र अर्यालको शब्द रचना यस गीतमा भाका गायक सेन्चुरीले तयार पारेका छन्। २ लाख ९५ हजार भन्दा बढि पटक युटुबमा हेरिएको यस गीतमा ५०० भन्दा बढि कमेण्टहरु छन् भने धेरैले भिडियोलाई लाइक गरेका छन्।
पछिल्लो समयमा खेम सेन्चुरीका भाका र आवाजले दर्शकको मन जितिरहेको छ भने १ दशक भन्दा बढि समय लोकदोहोरी तथा गीतसंगीतको क्षेत्रमा बिताइसकेकि गायिका मधु क्षेत्रीले पनि उनलाई साथ दिएकी छिन। यसअघि मधुले ब्युटी ब्युटी छ-काले काले छ, मै नाचे भुरुरु चंगा झैँ लगायतका गीत बजारमा ल्याएकी थिइन्। भिडियोको भ्युलाइ मात्र भन्दा पनि दर्शकले दिएको प्रत्यक्ष प्रतिक्रियाले आफु सन्तुष्ट रहेको गायिका बताउछिन। भर्खरै प्रकाशनमा आएको गीत सोचेझै जिन्दगि रैनछले पनि दर्शकको मन जितेको र सकारात्मक प्रतिक्रिया पाएको उनले बताइन भने टिकटकमा पनि अत्यधिक राम्रो प्रतिक्रिया पाएकी छिन।
यस गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओवी रायमाझी, लोमस शर्मा र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ। यस गीतको भाका, गायकी र नृत्यलाइ अत्याधिक मन पराइएको छ। कृष्ण भान्जाको संगीत संयोजन रहेको भिडियोलाइ प्रकाश भट्टले निर्देशन गरेका हुन्। नवराज उप्रेतीले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन्। गीतलाई हाम्रो तर्फबाट अझ बढी शुभकामना। भिडियो हेर्नुहोस….