पाल्पा-बुटवल सडकखण्ड अवरुद्ध हुदा जनजीवन कष्टकर(भिडियो)

मुक्ति सुबेदी
६ श्रावण २०७७, मंगलवार १५:००

अविरल वर्षाका कारण पाल्पा लगाएत देशभर बाढी पहिराेले जनजीवन प्रभावित बनेकाे छ । रातभरको अविरल वर्षाका कारण पाल्पाका बिभिन्न स्थानमा पहिरो खस्दा सिङ्गो जिल्लाको जनजीवन प्रभावित बनेको छ यस्तै अन्य जिल्लाहरुमा समेत बाढी र पहिराेले जनजीवन प्रभावित भएकाे छ ।

रुपन्देही र पाल्पा जिल्ला अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुल लगायत दर्जन बढी स्थानमा पहिरो खसेको छ भने तानसेनदेखि गुल्मीका साथै पाल्पाबाट स्याङजा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ ।

तानसेनबाट रानीमहल जाने सडकका साथै रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग सुचारु गर्न बिहानै देखि प्रयास थालिएको सुचारु हुन दिनभरी लाग्न सक्ने अनुमान गरेको छ ।

बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ । पाल्पाका विभिन्न स्थानमा पहिराे गएकाले बाटाे अबरुद्ध भएकाे र तत्काल खुलाउनकाे लागि समन्वय र सहकार्य भइरहेकाे प्रहरी प्रवक्ता मदन गिरीले जानकारी दिनुभयाे । उहाँले वर्षातकाे समयभएकाे र जाेखिम बढ्न सक्ने भएकाले साबधान रहन सबैमा आग्रह गर्नुभयाे ।

भिडियो हेर्नुहोस…..

https://youtu.be/Ck_bSLgfh4c

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*