टोकियोको कामतामा रोश कलेक्सन एण्ड मार्टको सेवा सुरु

आवाज खबर
२ श्रावण २०७७, शुक्रबार १८:१०

जापान- टोकियोको स्थित कामता स्टेशन नजिक रोश कलेक्सन एण्ड मार्टले आफ्नो सेवा सुरु गरेको छ। नेपालीहरुको समस्यालाई ध्यानमा राखी नयाँ व्यावसायको शुभाराम्भ भएको हो।

यस पसलमा महिला तथा बच्चा हरुको लागी साडी,चोलो,कुर्था,लेहेङ्गा,गाउन चुरा-टीकाको साथै पुरुषहरुको लागी दौरा ,सुरुवाल,कोट ढाकाटोपी लगायतका सामाग्रीहरु उपलब्ध रहेको संचालक रोशनी बिष्ट बताउनु हुन्छ। कपडा सिलाइको सुविधा र घर तथा रेस्टुरेन्टको लागी चाहिने खाध्यान्न सामग्री ग्राहकले सस्तो मुल्यमा खरिद गर्न सक्नेछन।

आफुले दुख गरि कमाएको रकम नेपाल पठाउनको निम्ति रेमिटेन्स सेवा पनि उपलब्ध रहेको संचालक अर्जुन अधिकारि बताउनु हुन्छ। जापानको व्यस्त दैनिकीलाई ख्याल गरि होम डिलिभरीको सुविधा समेत रहेको बताइएको छ। महिला हरुलाई सुन्दर देखाउन मेकअप तथा बुटिक सेवा समेत रहेको र नेपाल जान /आउनको निम्ति हवाइ टिकटको व्यवस्था रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*