यसपालिको तीजमा ध्रुब शर्मा र सम्झना भण्डारीको घरैमा बसेर बारुली कम्मर भाँच्न आग्रह

मुक्ति सुबेदी
१ श्रावण २०७७, बिहीबार १६:४५

गायक धुव्र शर्मा र गायिका सम्झना भण्डारीले तीज गीत ‘बारुली कम्मर’ मार्फत सम्पुर्ण चेलीलाई घरैमा बसेर नाच्न आग्रह गरेका छन् । ध्रुब शर्माको शब्द, संगीत र स्वरमा सार्बजनिक गीत ‘बारुली कम्मर’ गीतमा चर्चित गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् ।

पहिलो पटक तीज गीत प्रकाशनमा ल्याएका ध्रुब शर्मा यस गीतलाइ दर्शकले मन पराउनेमा आफु विश्वस्त रहेको बताएका छन्। धेरै जसो दर्शकले मौलिक भाकाको गित र नाच्न मिल्ने भएको प्रतिक्रिया दिएका छन् । टिकटकमा समेत गीतले चर्चा बटुलेको छ। समय परिस्थिति अनुसारको गित भएको र कोरोना महामारीको समयमा घर बाहिर जान नपाए पनि घरभित्रै बसी दर खाएर रमाईलो गर्नुपर्ने सन्देश दिन खोजेको छ।

यस गीतलाई औषधी पसल अनलाइन फार्मेसी र होटल तिरुपती पोखराले संयुक्त रुपमा बजारमा ल्याएको हो । गीतको भिडियोमा चर्चित नृत्य निर्देशक शंकर बि.सी., ऋतु तामाङ, प्रल्हाद शर्मा र अस्मिता रानाले अभिनय गरेका छन् । शंकर बिसी ले निर्देशन गरेको यस भिडियोको नबिन घर्ति मगरले सम्पादन गरेका हुन्।

चर्चित गायिका सम्झना भण्डारीले भने यसअघि पनि तीजमा दर्जनौं गीत गाईसकेकि छिन र चर्चामा समेत रहेका थिए। गीतलाई हाम्रो तर्फबाट पनि शुभकामना छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस..

https://youtu.be/06NRq-tv-cc

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*