दूरदर्शन बाहेक नेपालमा सबै भारतीय न्युज च्यानल बन्द, प्रधानमन्त्रीको बेइज्जत गर्ने कन्टेन्ट प्रसारण

आवाज खबर
२६ असार २०७७, शुक्रबार १२:३६

काठमाडौं – नेपालको राष्ट्रिय स्वधिनतामाथी हस्तक्षेप गर्न थालेपछि भारतीय च्यानलहरु बन्द गरिएका छन । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय २० वटा न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन । दूरदर्शन बाहेक अन्य समाचार प्रसारण गर्ने च्यानल हरु बन्द गरेको हो।

पछिल्लो समय चिनिया राजदुत र प्रधानमन्त्रीको विषयलाई जोडेर भ्रामक कन्टेन्ट प्रसारण गरेका थिए। यस भन्दा अघि पनि कैयौ पटक नेपाल माथि प्रहार हुदै आएको थियो। भारतका अधिंकाशं च्यानलहरुले सरकारले नया नक्सा जारी गरे संगै नेपाल र नेपालका प्रधानमन्त्रीलाई जोडेर आपत्तिजनक बिषयहरु समेत प्रस्तुत गरेका थिए।

नेपालमा अन्तराष्ट्रिय च्यानलहरुको वितरण गरि रहेकाहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको बितरकहरुले बताएका छन । भारतीय समाचार च्यानलहरुले नेपाली अस्मिता र स्वतन्त्र अस्थीत्वमाथी हस्तक्षेप गरेको भन्दै चौतर्फी आलोचना भई रहेका बेला नेपालका बितरकहरुले गरेको उक्त निर्णय सर्बत्र स्वागत गरिएको छ ।

भारतीय च्यानलहरुले जथाभावी प्रशारण गरेको भन्दै कार्वाही प्रक्रिया थाल्न सरकारलाई समेत दवाव परेको थियो । भारतीय च्यानलहरुलाई बकवास बन्द गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले चेतावनी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*