कृष्णगण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई आर्थिक सहयोग

आवाज खबर
२४ असार २०७७, बुधबार ११:२७

कृष्णगण्डकी समाज दक्षिण कोरियाले स्याङ्जामा आर्थिक सहयोग गरेको छ। स्याङ्जाको कालीग​ण्ड​की गाउँपालिका ५ स्थित बाँसटारीमा रहेका अग्निपीडित परिवारलाई सहयोग गरेको हो ।

गत २०७६ चैत्र २९ मा भीषण आगलागीबाट घर र गोठ गरी ५ ओटा भवनमा पूर्णरुपमा क्षति हुनुका साथै केही चौपायाको पनि जलेर नष्ट भएको थियो । क्षतिग्रस्त घरमा ९० हजार र गोठमा १० हजारको दरले १ लाख ३० हजार रुपैंया संस्थाले सहयोग गरेको छ। आफ्नै घर-छिमेकमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कोरिया स्थित कृष्णगण्डकी समाजले समाजका निकटस्थ व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गर्दै राहत स्वरुप प्रदान गरेको हो ।

अग्निपीडितहरुको जीवनस्तर सरल, सहज र राहतको प्रत्याभूति दिलाउन बनाउनका निम्ति हामीले सानो सहयोग गरेका मात्र हौं-संस्थाका अध्यक्ष प्रकाश भट्टराइले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस र लकडाउनका कारण संकलित रकम प्रदान गर्न ढिलाई भएको कुरा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विजय थापाले थपे ।

२०७७ असार २३ मा आयोजित अग्निपिडित परिवार राहत वितरण कार्यक्रममा सम्बन्धित कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाको विशेष उपस्थितिमा वडा नम्बर ५ अध्यक्ष लोकेदार थापा, कालीगण्डकी शिक्षा शाखा प्रमुख भिम प्रसाद श्रेष्ठ, शिक्षक कृष्णप्रसाद न्यौपाने साथै यस संस्थाका सल्लाहकार गोपाल न्यौपाने, हरी न्यौपाने, निवर्तमान संस्थापक सचिव युगचन्द्र भट्टराई, निवर्तमान सदस्य तथा कार्यक्रमका अध्यक्ष शिवप्रसाद न्यौपाने, सदस्य गोबिन्द न्यौपाने, अशोक भट्टराई, गोपाल पाण्डेय, पशुपति भट्टराई, सदस्य योज्ञस्वर, लगायत युवाहरु, समाजसेवी तारा प्रसाद न्यौपाने, चन्द्रकान्त न्यौपाने, रुपमागत न्यौपाने, डासुराम न्यौपानेको उपस्थितिका विच क्षति अनुसार राहत वितरण सम्पन्न गरिएको थियो ।

सबैको सदासयता, एकता र सद्भावले हरेक अभियानले मूर्त रुप लिन सकेको र सामाजिक सहयोगमा कृष्ण गण्डकी समाज निकै अगाडी रहेको कुरामा संस्थापक अध्यक्ष राजेश पाण्डेयले जोड दिए । कार्यक्रमका विच गाउँपालिका अध्यक्ष थापाले परदेशमा रगत र पसिना बगाएर श्रम गरिरहेका सहयोगी सम्पूर्णको जन्मभूमिको अगाध मायाप्रति खुलेर प्रशंसा गर्दै यसअघि कोरोना नियन्त्रणका लागी कालीगण्डकी गाउँपालिकाको राहत तथा प्रकोप व्यवस्थापन कोषका निमित्त कृष्णगण्डकी समाज दक्षिण कोरियाबाट बीस हजार रुपैंया उपलब्ध गराएको जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*