ठट्यौली तीज गीत ‘आराम गर ओली’ सार्वजनिक

आवाज खबर
२२ असार २०७७, सोमबार १७:४३

नेपाली नारिहरुको महान चाड हरितालिका तीजको अवसरमा विभिन्न कलाकारहरुको आवाजमा तीज गीत बजारमा आइरहेका छन । यसै क्रममा ठट्यौली तीज गीत ”आरम गर ओली” बजारमा आएको छ ।

गायक नमराज पाण्डेले गरिब दु:खि जनताका पिडाहरु लाई समाबेस गरि नेपाली राजनीति लाई गहकिलो रुपमा प्रहार गर्ने उधेश्यले गीत रिलिज गरेका छन् । नमराज पाण्डेको लय तथा शब्दमा गायिका पुनम सुनार ,सरु बन्जाडे, नमराज पाण्डे र अनिश खड्काको आवाज रहेको छ ।

नमराज पाण्डेको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा हिमाल पाण्डे ,युवराज पन्त ,नमराज पाण्डे ,अनिश खड्का, कमला थापा क्षेत्री ,प्रेम सागर ,लगायतको अभिनय रहेको छ भने छायांकन तथा सम्पादन अनिश खड्काको रहेको छ । स्वाभिमान क्रियाशन को युट्युब च्यानलबाट सार्बजनिक गरिएको गीत ”आराम गर ओली” ले दर्शक तथा स्रोताको मन जित्न सफल होस् हाम्रो शुभकामना।

https://youtu.be/rKX7s7lhwQ4

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*