लरिलै बरिलै: चर्चामा गीत, फाप्यो प्रिती आले र एकनारायण भण्डारीको पहिलो तिज सहकार्य

मुक्ति सुबेदी
२१ असार २०७७, आईतवार १७:१९

सर्जक एक नारायण भण्डारीको तीजको कोसेली बरिलै सार्वजनिक भएको १ हप्ता भएको छ। एकनारायण भण्डारीको आधिकारिक युटुब च्यानल बाट सार्वजनिक भएको यस गीतलाई १० लाख पटक भन्दा बढि हेरिएको छ। पहिले बजारमा ल्याएका गीत भन्दा फरक शैलीको यस तीज गीतमा प्रिती आलेले आवाज भरेकी छिन।

फरक शैलीमा लोक भाकालाइ स्रोता, दर्शकमाझ ल्याउनमा भण्डारी सफल सङ्गीतकारका रूपमा चिनिन्छन् । यसपटक भने उनले बिगतका तीज गीतभन्दा नयाँ शैली प्रयोग गरि बजारमा ल्याएका छन्। गीतलाई छोटो समयमै दर्शकले मन पराएका छन्। गायिका प्रिती आले संग भने तीज गीतमा उनको पहिलो सहकार्य हो।

यस गीतमा संगीतकार एकनारायण भण्डारीले दर्शकका मिश्रित प्रतिक्रिया पाएका छन्। कसैले तीज गीत बिग्रियो भनेका छन् भने कसैले नयाँ शैली राम्रो भएको प्रतिक्रिया दिएका छन्। विगतका वर्षमा मौलिक गीत बजारमा ल्याएको तर दर्शकले खासै मन नपराएकोले अहिले केहि फरक गरेको बताएका छन्। गीत बिग्रियो भन्ने हरुका लागि उनि भन्छन, ‘हामि संगीतकर्मी हरुले गीत संगीतमा नयाँ प्रयोग गर्ने हो त्यसबाट प्राप्त प्रतिक्रियाको आधारमा दर्शक स्रोताको भावना बुझेर अगाडि बढ्ने हो’। यो गीत संकलन नभएर आफ्नै संगीत भएको प्रस्ट पारे।

आफ्नो लय र शब्दको लागि कसैले गालि नगरे पनि दर्शकले अपेक्षा गरेको भन्दा फरक गीत बजारमा आएपछि केहि गुनासाहरु भने प्राप्त भएको स्वीकारेका छन्। विगतका दिनमा युटुब नभएकोले प्रतिक्रिया हरु ढिलो प्राप्त हुने गर्थे तर अहिले सामाजिक संजालमा छिटो प्राप्त हुने गरेको सर्जक एकनारायण भण्डारी बताउछन।

गायिका प्रिती आलेले यस पटकको तीजमा ६ वटा गीतमा आवाज भरेकी छिन। उनको पनि सर्जक एकनारायण भण्डारी संग तीज गीतमा पहिलो सहकार्य हो । ‘लरिलै बरिलै’ पहिलो तीज गीत भएको र यसबाट एकदमै राम्रो प्रतिक्रिया पाएको बताएकी छिन। फरक शैली अपनाउन खोज्दा तीज गीत बिग्रियो नि भन्ने प्रश्नमा उनि भन्छिन, ‘पुरुषले गाउँदा देखि नै संस्कृति बिग्रिएको हो म केटि मान्छेले गाउँदा कसरि बिग्रियो?’ आलेले आफ्ना गीतमा अग्रज कलाकार हरुबाट आजसम्म कुनै पनि प्रतिक्रिया नपाउँदा दुखेसो समेत व्यक्त गरिन।

यस गीतमा एक नारायण भण्डारीको शब्द तथा सङ्गीत र योगेश काजीको एरेञ्ज रहेको छ । यस्तै गोविन्द पराजुलीको रेकर्डिङ्ग, एचवीएन किस्मतको मिक्सिङ रहेको गीतलाई १ डीबी एचडी स्टुडियोमा रेकर्ड गरिएको हो । ज्ञानेन्द्र शर्मा हुमागाईंले निर्देशन तथा छायाङ्कन गरेको गीतलाई अमृत चापागाईंले सम्पादन गरेका छन्। हाम्रो तर्फबाट गीतलाई अझ बढि सफलताको शुभकामना..

https://youtu.be/3wKKo6M0J6E?t=97

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*