जापानमा निःशुल्क जापानी भाषा सिक्ने अवसर, आवेदन यसरि दिनुहोस्…

मुक्ति सुबेदी
१३ असार २०७७, शनिबार १२:४४

जापानमा नेपालीहरुको भाषा समस्या लाइ मध्यनजर गर्दै ‘गुड आई फर नेसन नेपाल’ ले यही जुलाई महिनाबाट कुक, डिपेण्डेन्ट लगायत विभिन्न भिषामा रहेकाहरुले जापानी भाषाको अनलाईन कक्षा संचालन गर्ने भएको छ । पहिलो कक्षा आगामी जुलाई ६ तारिखबाट सुरु हुनेछ।

कक्षा प्रत्येक आईतबार बेलुका ७ बजे बाट दुई घन्टा रहनेछ । यस अनलाईन कक्षामा सहभागी हुनका लागि अनलाईनबाटै फारम भर्नुपर्नेछ । कक्षामा सहभागी हुन स्मार्ट फोन, कम्प्युटर तथा ईन्टरनेटको आवाश्यकता पर्नेछ ।

जापानका विभिन्न ठाउमा सरसफाई कार्यक्रम तथा सामाजिक काममा सक्रिय यस सस्थाले यसपटक भने भाषा कक्षा संचालन गर्ने गुड आई फर नेसन नेपालका अध्यक्ष बिष्णु भण्डारीले जानकारी गराए। जुम एप्लिकेशन प्रयोग गरेर कक्षा सन्चालन हुने भएकोले भाषाको कारण दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका हरु सहभागी भैदिन आग्रह गरिएको छ।

तलको फर्म भर्नुहोस्…

फारम भर्न यहा क्लिक गर्नुहोस ..

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*