जनता समाजवादीले अंगीकृत नागरिकताको सात वर्षे प्रावधानबारे देशैभर विरोध गर्ने

महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने
आवाज खबर
१० असार २०७७, बुधबार १७:००

जनता समाजवादी पार्टीले ७७ जिल्लाबाट नागरिकता सम्बन्धी विधेयकका प्रावधानको विरोध गर्ने भएको छ।असार १६ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जनता समाजवादीले निर्णय गरेको हो।

वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने जनता समाजवादीको भनाइ छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पास भएको नागरिका विधेयकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधान छ। उक्त प्रावधानमाथि जनता समाजवादीले विरोध गरेको हो।

पार्टीका नेता बाबुराम भट्टराईले वैवाहिक नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने बताए। उनले वैवाहिक अंगीकृत नागरिकतामा पूरानै प्रावधान कायम राख्नुपर्ने बताएका छन्। जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति निकालेर नागरिकताका प्रावधानबारे जिल्लाबाटै विरोध गर्ने उल्लेख गरेका हुन्। सेतोपाटिमा समाचार प्रकाशित छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*