सरकार विरुद्धको आन्दोलनमै सरकारी साधनको प्रयोग

जनता समाजवादी पार्टीको झण्डा
आवाज खबर
१० असार २०७७, बुधबार १६:०५

नागरिकता विधेयकमा बैवाहिक अंगिकृतलाई विवाहकाे ७ बर्षपछि मात्र नागरिकता दिने प्रावधानका बिरुद्ध रुपन्देहीमा भएको आन्दोलनमा सरकारी साधनको प्रयोग भएको छ। मर्चवारी गाउँपालिकाकाे नाममा रहेकाे सरकारी सवारी साधन सरकार बिरुद्धकाे आन्दोलनमा प्रयाेग भएकाे पाईएकाे हो ।

यसरी सरकार बिरुद्धकाे आन्दोलनमा सरकारी सवारी साधन लिएर हिड्ने ब्यक्ति भने सरकारी कर्मचारी वा जनप्रतिनिधि नभए बाहिरी ब्यक्ति भएकाे खुलेको छ । मर्चवारी गाउँपालिका रायपुर रुपन्देहीको नाममा रहेकाे लु १ ब २४७२ नंम्वर र लु १ ब २४७४ नंम्वरकाे स्कुटर गत मंगलबार सरकार बिरुद्धकाे आन्दोलनमा झण्डा हल्लाउँदै भैरहवा भेटिएकाे थियो ।

उक्त आन्दोलनमा २ सवारी साधन जनता समाजवादी पार्टीको झण्डा हल्लाउँदै भैरहवा पुगेका थिए । त्यसरी सरकारी स्कुटर लिएर आन्दोलनमा जानेहरु भने सरकार सम्वद्ध नभई जनप्रतिनिधिका श्रीमान भएकाे बुझिएकाे छ । मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँले उक्त स्कुटरहरु गाउँ पालिकाका महिला सदस्यहरुकाे प्रयाेजनका लागि ल्याईएकाे जानकारी दिए ।

हामीले महिला सदस्यहरुका लागि स्कुटर ल्याएर दिएका हाैैं वहाहरुले चलाउन नजानेका कारण वहाहरुका श्रीमानले चलाउनु हुन्छ , श्रीमानले आन्दोलनमा जादा लानु भए हाेला बानियाँले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*