पुल बन्दै थियो, बाढिले भत्काइदियो

आवाज खबर
७ असार २०७७, आईतवार १५:२९

(बुटवल)- रुपन्देहीमा बन्दै गरेको पुल भत्किएको छ। सियारी गाउपालिका वडा नं ५ दयानगर छपिया स्थीत दानव नदीमा निर्माणाधिन पक्की पुल भत्किएको हो । बनाउदै गरेको उक्त पुल सियारी गाउपालिका र मायादेवी गाउँपालिकालाई जोड्ने गरि बनाईएको थियो ।

२०७२/०७३ मा ठेक्का सम्झौता गरिएको उक्त पुल असार मसान्तभित्र सक्ने गरी काम भई रहेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको उक्त पुल ढलान गरिएको १३ औ दिनका दिन भत्किएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख ईन्जिनियर मेघराज मरासिनीले बताए ।

अन्य पुलहरु ढलान गर्दा टेकाले अडाउने गरिएको भएपनि यो प्रविधिको पुल विमभित्र राखिएको लठ्ठाले अड्याउने गरि निर्माण गरिएको थियो तर बाढीले बगायो, उनले भने । मरासिनीका अनुसार दुईदिन पछि मात्रै लठ्ठा तान्नुपर्ने भएपनि तिनाउ खोलामा आउने बाढिको सम्भावित जोखिमलाई हेरेर दुईदिन अगाडी नै सुरक्षित गर्ने भन्दै लठ्ठा तानिएको थियो ।

सांझपख उपकरणको प्रयोग गर्दा गर्दै बाढीले बगाएको थिय। ८ करोड ५० लाख रुपैयामा ठेक्का सम्झौता गरिएको उक्त पुल भत्किदा १ करोड बराबरको क्षती भएको पुल निर्माणको जिम्मा लिएको कम्पनी निलगिरी नेशनल जेभिका सन्चालक धनकुमार थापाले जानकारी दिए ।

६० मिटर लम्बाईको उक्त पुलको ३० मिटर खण्ड फागुनको अन्त्य तिर पुल ढलान गर्ने तयारी गरिएको भएपनि लकडाउनका कारण ढिलोगरि ढलान गरिएको उनले बताए । सम्झौतमा गत बैशाख १५ भित्रै सम्पन्न गर्नुपर्ने भएपनि लकडाउनका कारण असार मसान्त भित्रै सम्पन्न गर्ने गरि काम गरिरहेको थापाले बताए । समयचक्रमा खबर प्रकाशित छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*