सरिता गिरिकाे संशोधन प्रस्ताव अस्वीकृत, संसद छाडेर बाहिरीइन्

आवाज खबर
३१ जेष्ठ २०७७, शनिबार १३:५९

काठमाडौं– संसदमा जनता समाजवादीकी सांसद सरिता गिरीले  दर्ता गराएकाे संशाेधन प्रस्ताव अस्वीकृत भएकाे छ। अस्वीकार भएपनि बाेल्न खाेजेकी गिरिले सभामुख अग्नि सापकाेटाले बाेल्ने अवसर दिन खाेजेका थिए। तर अरू सांसदहरूले होहल्ला गरे।

पूर्ण नक्सा सहितको संविधान संसोधनका विपक्षमा रहेकी गिरिलाई समय दिएपछि सांसदले उनको विरुद्धमा होहल्ला गरेका हुन्।

गिरीले बोल्न खोजेपछि सभामुखले उनको प्रस्तावलाई अस्विकृत गर्दै बस्न रुलिङ गरेका थिए।

त्यसलगत्तै गिरि संसद बैठक छोडेर बाहिरिएकी छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*