टोकियोको कामतामा साढे ४ करोड लगानीमा नेपालको झल्को दिलाउने चौतारो रेष्टुरेन्ट

मुक्ति सुबेदि
३१ जेष्ठ २०७७, शनिबार ०७:१०

जापानमा लामो समय देखि जापानी रेष्टुरेन्ट सन्चालन गर्दै आएका केशव अधिकारिले आउदो जुन १५ तारिक देखी नेपालि रेष्टुरेन्ट संचालनमा ल्याउने तयारि गरेका छन्। जापानमा सफल व्यवसायीको छवी समेत बनाइसकेका अधिकारीले ४ करोड ५० लाख लगानीमा चौतारो नामक नेपाली रेस्टुरेन्ट संचालन गर्ने भएका हुन् ।

टोकियोको कामाता स्टेसनबाट ३ मिनेट पैदल हिँडेपछी उक्त रेस्टुरेन्टमा पुग्न सकिन्छ। दैनिक १०० जना भन्दा बढि जापानी लाइ नेपालि खाना खुवाउने र नेपालको पर्यटनमा सहयोग पुगोस भन्ने हेतुले हिमाल, पहाड, नेपालका चर्चित ठाँउहरु,विभिन्न मन्दिरहरुको सजावट र चित्राङ्कनको काम भैरहेको र झट्ट हेर्दा नेपालको संग्राहलय जस्तो बनाउने उनको सोच रहेको छ। रेस्टुरेन्टमा नेपाली कला सँस्कृति झल्कने बिभिन्न तस्बिरहरुको अवलोकन गर्दै खाना र नास्ताको सेवा लिन सकिनेछ। रेष्टुरेण्ट भित्रै बनाईएको चौतारिमा बसेर फोटो खिच्ने सुविधा समेत रहेको छ।

नेपालका पुरातात्विक सम्पदा, गाँउघरको चौतारी, लेकबेसीका पोस्टरले ग्राहकलाई आकर्षित गर्ने उनको विश्वास रहेको छ। पारिवारिक भेटघाट, बैठक, विवाह, व्रतबन्ध,पास्नी, बेबी सावर, वार्षिकोत्सव तथा जन्मदिनका पार्टिहरु मनाउन परेमा बाहिर कतै जानु नपर्ने जानकारी गराए।

सम्पूर्ण खानाका सेटहरु टिपिकल नेपाली स्वादमा पाइनेछ। रेस्टुरेन्ट भित्र क्यबिन सहित २ सय ५० जना अट्न सक्ने क्षमता रहेको छ। यो जापानमा नेपालि हरु द्वारा संचालित रेष्टुरेन्टहरु मध्ये सबैभन्दा ठुलो क्षमता भएको उनको दाबि रहेको छ। दैनिक उपभोग्य खाध्य सामाग्री खरिद गर्न चाहने ग्राहक हरुको निम्ति हलाल फुडको समेत व्यवस्था रहनेछ।

ओपनिङ्गको अवसरमा नेपालीहरुको लागि नि:शुल्क रेमिटेन्स सुबिधा, भिषा सम्बन्धि समस्या समाधानको निम्ति वकिलसंग परामर्श सेवा, फुदोसान लगायतको सेवा पनि उपलब्ध गराउने संचालक अधिकारीले जानकारी दिए। मासिक १ करोड बराबरको कारोबार गर्ने उनको लक्ष्य रहेको छ । चौतारोको अर्थ छहारी दिने भएको हुनाले एउटै छाना मुनी बिभिन्न नेपाली परिकारहरुको स्वादसहित नेपाली कला, सस्कृति र नेपालीको समस्यालाइ समाधान गर्नको निम्ति यसरि नामाकारण गरिएको उनको कथन छ।

लामो समयदेखी जापानमा व्यावसायसंगै सामाजिक काममा समेत सक्रिय रहदै आएका केशव अधिकारी नेपालीहरु बिच परीचित नाम हो। व्यवसाय संगै सामाजिक कार्य गर्दा आफुलाई खुशीको अनुभव हुने उनि बताउछन। हालसालै मात्र विश्वभरि फैलिएको कोरोना भाइरसलाइ नियन्त्रणमा सहयोग पुग्ने हेतुले एनआरएनए कोरोना कोषमा सबैभन्दा धेरै रकम जम्मा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*