स्याङ्जाको गल्याङमा भिरबाट खस्दा गयो ज्यान,परिवार भन्छ-मृत्यु संकास्पद

मदिरा नपिएको भए घटना नघट्ने
मुक्ति सुबेदी
२४ जेष्ठ २०७७, शनिबार १८:१३

(स्याङ्जा)- बुधबार दिउसो साथिहरु सगैं बाख्राको मासु काटेर खान भनेर गएका पदम पाण्डे फर्किने क्रममा मृत फेला परेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका ४ का ३२ वर्षीय पदम हुतुम भन्ने ठाउमा मृत अवस्थामा भेटिएका हुन्। उनीसंगै अन्य १३ जना साथीहरु गएका थिए। लकडाउनको समयमा गाउमै बस्दा अल्छी लागेर साथीहरु मिलि रमाइलो गर्न र बाख्रा काटेर खाने उधेश्यले रुपाखानी भन्ने ठाउमा उनीहरु सबै जना मोटरसाइकलमा संगै गएका थिए तर फर्कने क्रममा मृतक सहित २ जना पैदल हिडेर फर्कदै थिए।

मृतकका साथि नामदेव न्यौपानेले फर्कने क्रममा भिरबाट लडेको बताए पनि घटना शंकास्पद रहेको स्थानीयले अनुमान गरेका छन्। उनीहरु रुपाखानीमा रहेको मगर संघको भवन भन्दा माथिको एक घरमा मदिरा पिउदै मासुको भुटुवा र आफ्नो भाग लिएर घरतर्फ फर्कदै थिए । उक्त स्थानमा पैसाको बारेमा केहि समय आपसमा झगडा भएको बताइएको छ भने मृतक सित संगै फर्केका साथीको टाउको र कानमा चोट देखिएको छ। फर्कने क्रममा झगडा भै ढुङ्गाले हानाहान गरेर भाग्ने क्रममा भिरबाट लडेको हुन सक्ने स्थानीय राजु न्यौपानेले बताए।

उक्त घटना भएको २ घण्टापछि मृतककी श्रीमतीलाई मृतककै फोनबाट ‘तिम्रो श्रीमानले हामीलाई कुटपिट गरेर कता हराए कता’ भन्नुले घटना थप सहस्यमय बन्दै गएको छ। स्थानियका अनुसार मृतक संगै फर्केका साथि हरुले भिर बाट लडेको व्यक्तिलाइ उद्धार तथा हारगुहार नगरी सरासर घर गएको बताएका छन्। मृतकको मोबाइल अर्कैको साथमा हुनु, मासु पनि साथीहरुले नै लिएर फर्केका कारणले गर्दा परिवारले घटनाको आशंका गरेका हुन्।

शनिबार प्रहरीले मृतककी श्रीमती संग सोधपुछ गरेको छ भने संगै गएका १० जना संग बयान लिइसकेको गल्याङ नगरपालिका वार्ड न ४ का अध्यक्ष नेत्र पाण्डेले बताएका छन्। मदिरा नपिएको भए उक्त घटना नघट्ने समेत उनले बताए। पाण्डेले दोषीलाई कारबाही हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन्। ‘दोषी ठहर भएमा आगामी दिनमा यस्तै प्रवृत्तिका घटना नदोहोरियोस भन्नका लागि पनि प्रहरीले कारवाही गर्छ’, उनले भने।

पोस्टमार्टम पश्चात शवको अन्त्यष्टि भैसकेको छ भने रिपोर्ट आउन अझै ४/५ दिन लाग्ने प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिए । यदि मारेर फालेको भए कर्तव्य ज्यान मुद्धा अन्तर्गत कानुनि कारबाही प्रक्रिया अगाडि बढ्ने घिमिरेले बताए।

साझको समयमा भएको उक्त घटनामा स्थानिय शिक्षक, वार्डका जिम्मेवार व्यक्तिहरु समेत रहेका छन्। भारतमा मजदुरी गर्दै आएका उनि केहि वर्षदेखि नेपालमै रहेका थिए। ३ छोरी, श्रीमती र आमा अहिले रुवाबासी गरिरहेका छन् भने मृतकको बुवाको मृत्यु भैसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*