सांसदको हैसियत वडा अध्यक्षको जस्तो भयो

आवाज खबर
२४ जेष्ठ २०७७, शनिबार १६:५२

नेपाली काँग्रेसका सासद गगन थापाले विकासका नाममा पैसा लिन थाले पछि सांसदहरुको हैसियत वडा अध्यक्षको जस्तो भएको भन्दै यसलाई परिवर्तन गर्नु पर्ने बताएका छन् ।

संसदको बजेटमाथिको छलफलमा बोल्दै थापाले सांसदहरुले विकासको योजनाको चिट बोकेर मन्त्रीको ढोकामा जाने कि नीति निर्माताको रुपमा प्रस्तुत हुने भनी प्रश्न गरे । स्थानीय पूर्वाधार विकास साझेदार कोषका नाममा पैसा लिएदेखि सांसदको हैसियत खस्किएको भन्दै यसलाई कानुनै बदलेर जानु पर्ने र सांसदले पैसा हैन नीति बोक्ने हुनु पर्नेमा थापाले जोड दिए ।

उनले अर्थमन्त्री अग्लो भएकाले भुईतिर हेर्न नसकेको भनेर ब्यग्य गर्दै गरीब, सुत्केरी र पीडित भुई मान्छेको कुरा सासदहरुले उठाउदा मन्त्री खतिवडाले नसुनेको आरोप लगाए । त्यस अघि संसदमै बोल्दै काँग्रृेसका अर्का सांसद मिनेन्द्र रिजालले जनतालाई राहत दिन छाडेर सरकार कार्पेट फेर्न मस्त रहेको भन्दै बिरोध जनाए र हालै राष्ट्रपति कार्यलयको कार्पेट फेरिएको सन्दर्भमा उनले ब्यग्य गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*