३१ घण्टापछि गुल्मीका कोरोना संक्रमितको शव उठाइयो

उपचारमा लापरबाही
आवाज खबर
९ जेष्ठ २०७७, शुक्रबार १४:१५

मणिग्रामकाे क्रिमसन अस्पतालमा निधन भएका गुल्मीका काेराेना संक्रमित व्यक्तिको ३१ घण्टापछि शव ब्यवस्थापन गरिएको छ ।

बिहिवार उपचारका क्रममा निधन भएका ४१ बर्षिय शिक्षककाे सव स्थानीय प्रशासनले ब्यवस्थापन गरेकाे हाे ।

जेठ १ गते उपचारका लागि अस्पतालमा आएका उनकाे विहिवार बिहान ७:१० मा मृत्यु भएकाे घाेषणा अस्पतालले गरेपनि मृतकका आफन्तले उपचारमा लापरबाहीले मृत्यु भएकाे भन्दै सव ब्यवस्थापनमा सहमति नदिएका कारण अस्पतालकाे अाईसियुमै सव रहेको थियााे ।

अपरान्ह पाैने २ बजे स्थानीय प्रशासनले काेराेनाका कारण मृत्युु भएकाहरुकाे सव ब्यवस्थापन कार्यबिधी अनुसार ब्यवस्थापन गर्ने गरि नेपाल प्रहरी र नेपाली सेनाकाे टाेलीले अस्पतालबाट सव लगेर ब्यवस्थापन गर्ने तयारी गरेको छ ।

मृतककाे सव कहाँ ब्यवस्थापन गर्नेे भन्ने बिषयमा समेत बिवाद बढदा केहि समय अन्याैलता बढेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*