कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण

आवाज खबर
९ जेष्ठ २०७७, शुक्रबार १२:०३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेका कपिलवस्तुका ९ जना संक्रमितमध्ये २ जना पत्रकारहरु रहेको खुलेको छ।

मन्त्रालयले शुक्रबार पुष्टी गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए। थपिएका ९ जना मध्ये २ जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए। उनीहरू बाणगंगा नगरपालिका वडा नं ८ का २४ बर्षीय पुरुष र कपिलवस्तु नगरपालिका वडा नं ३ का २९ बर्षीय पुरुष रहेको उनले जानकारी दिए।

बाँकी ८ जना संक्रमितमध्ये वाणगंगा नगरपालिका वडा नं ७, ५, १० र ४ का क्रमशः ५३ बर्षीय पुरुष, २७ बर्षीय पुरुष, २५ बर्षीय पुरुष र ८ बर्षीया बालिका रहेका छन्। त्यस्तै मायादेवी गाउँपालिका वडा नं ४ मा ४५ बर्षीय पुरुष र वडा नं ५ मा ३४ बर्षीय र ३६ बर्षीय पुरुषमा संक्रमण भएको पाइएको हो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ। हालसम्म कपिलवस्तुमा ६९ जना संक्रमित पुगेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*