प्रत्येक विद्यार्थी लाइ २ लाख येन सहयोग गर्ने जापान सरकारको निर्णय

(जापान), जापान सरकारले कोरोना भाइरस प्रकोपको कारणले समस्यामा परेका विद्यार्थी हरुलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ। जापानमा रहेका विद्यार्थीहरूलाई आफ्नो शिक्षण र जीविकोपार्जनका निम्ति प्रत्येक विद्यार्थी लाइ नगद २ लाख येन हस्तान्तरण गर्ने कार्यक्रम मन्त्रिपरिषदले अनुमोदन गरेको छ ।
महामारीको कारणले धेरै क्षेत्रहरूमा असर परेको छ। व्यापार बन्द भएको छ भने विद्यार्थीहरूको आंशिक जागिर कटौती गर्न बाध्य तुल्याएको छ। नगद रकम विदेशि विद्यार्थीहरूले समेत प्राप्त गर्न सक्नेछन।
यस कार्यक्रमको लागि सरकारले ५३ अर्ब येन छुट्याएको छ जसमा विश्वविद्यालय, स्नातक विद्यालय, प्राविधिक विद्यालय र जापानी भाषा स्कूलका विद्यार्थीहरू पर्छन्।
यो सहयोग चाडै नै उपलब्ध गराउने शिक्षा मन्त्रालयले बताएको छ। यसको निम्ति आफ्नो विद्यालय वा युनिभर्सिटिको विद्यार्थी सपोर्ट सेन्टरमा सम्पर्क गर्नुपर्नेछ।