दाङको क्वारेन्टाईनमा रहेकी एक महिलाले जुम्ल्याहा शिशु जन्माइन

आरडिटी टेष्टको परिणाम नेगेटिभ
आवाज खबर
२८ बैशाख २०७७, आईतवार १९:३०

दाङको तुलसीपुर नगरपालिका स्थित क्वारेन्टाईनमा रहेकी एक महिलाले जुम्ल्याहा शिशुको जन्म दिएकि छिन। २ दिन देखि उक्त क्वारेण्टाइनमा बस्दै आएकि तुलसीपुर उप-महानगरपालिका वडा नं १३ फूलवारीकी अनिता यादवले गए राति जुम्ल्याहा सन्तानको जन्म दिएकी हुन्।
बिहीबार बेलुकी ५ बजेबाट तुलसीपुर–४ स्थित रक्षाचौर माविको क्वारेण्टाइनमा राखिएकी उनलाई सुत्केरी बेथाले च्यापेपछि शुक्रवार अपरान्ह तुलसीपुर स्थीत राप्ती प्रादेशिक अस्पताल लगिएको थियो ।
यसअघि नै दुई छोरा र दुई छोरी रहेका उनको २ शिशुको जन्म भएको छ। एउटी शिशुको तौल १ किलो ५ सय ग्राम र अर्की शिशुको तौल १ किलो २ सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ ।
दुबै बच्चामा अक्सिजन र सुगरको मात्रा कम रहेको हुँदा आइसियूमा राखेर उपचार भइरहेको छ । चिकित्सकका अनुसार कम तौल भएकी शिशुको अवस्था अलि जटिल रहेको छ ।
प्रादेशिक अस्पतालमा एनआइसियू सेवा उपलब्ध नभएको हुँदा निजी हस्पिटलमा उनीहरूलाई लैजानु परेको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका निरीक्षक विमल केसीले बताए ।

शिशुहरुको उपचारमा लाग्ने सम्पुर्ण खर्च तुलसी बाल हस्पिटलका बालरोग विशेषज्ञ डा. किशोर खत्रीले व्यहोर्ने गरी जिम्मा लिएको उपमहानगरपालिकाले जनाएको छ ।
अनिता लाई नेपाल- भारत सिमा क्षेत्रमा रहेको भौका नाकाबाट आएका कारण घरपरिवार र छिमेकी समेत तर्सेपछि क्वार्न्टाईनमा राखिएको थियो । शुक्रबार बिहान गरिएको अनिताको आरडिटी टेष्टको परिणाम नेगेटिभ देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*