कोरोना भाइरस पछि अरबपति बने जुम कम्पनिका मालिक

धनाढ्य हरुको सुचिमा २९३ औ स्थानमा
मुक्ति सुबेदी
२५ बैशाख २०७७, बिहीबार १४:१६

एरिक युआन जसको जन्म चीनमा भएको थियो । ४ बर्ष जापानमा पढाइ पश्चात हाल अमेरिकामा छन् ।
प्राविधिक क्षेत्रमा लाग्नेहरुको धर्मस्थलजस्तै मानिने ‘सिलिकन भ्याली’ मा जान चाहेका उनलाई अमेरिकाले आठौं पटकसम्म भिसा नै दिएन । सन् १९९७ मा २७ वर्षको उमेरमा नवौं पटकको प्रयासमा अमेरिका पुगेका थिए। त्यहा रहदा उनले सिस्को नामक चर्चित कम्पनीमा इन्जिनियरिङ विभागका प्रमुखको जागिर गरे। लामो समयको जागिर अनुभव पश्चात सन् २०११ मा आफ्नो नयाँ कम्पनी जूम सुरु गर्ने निर्णय लिए ।

२०११ देखि २०१९ को डिसेम्बरसम्म सिमित प्रयोगकर्तामाझ चलिरहेको जूम एक्कासी चर्चामा तब आयो जब कोरोना भाइरसको महामारी संसारभर बढ्दै गयो । जब विश्वको वित्तीय बजार खस्किरहेको थियो, जूमको शेयर भने १४ प्रतिशतका दरले नियमित उकालो लागिरहेको थियो । डिसेम्बरसम्म हरेक दिन जूममा एक करोड भन्दा बढि प्रयोगकर्ता आउने गर्दथे । मार्चसम्म यो संख्या बढेर २० करोड पुग्यो । कम्पनीको आँकडाअनुसार अप्रिलसम्म यो संख्या बढेर ३० करोड पुगिसकेको छ ।
बजारको अनुमान यो छ कि पछिल्लो तीन महिनामा एरिक युआनको हैसियत चार अर्ब डलर अर्थात चार खर्ब ८४ अर्ब रुपैयाँले बढेको छ ।
सारा विश्व लकडाउनमा छ । मानिसहरुलाई एक अर्कासँग कुराकानी गर्न एक प्लेटफर्म आवश्यक थियो जुन उनको भिजनमा बनेको जूमले पूरा गरिदियो । अरब पति बिल गेट्स बाट प्रभावित उनि फोर्ब्स पत्रिकाले प्रकाशित गर्ने धनाढ्य हरुको सुचिमा २९३ औ स्थानमा रहेका छन्।
यसले प्रस्ट पारेको छ कि, भिजन सबैभन्दा ठूलो कुरा रहेछ ।

गुगलको सहयोगमा तयार पारिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*