लकडाउनमा कलाकारको पिडा- इज्जत बेचेर राहत लिन जाउ कि?

रसाएका आखाहरु पुछ्नुको बिकल्प छैन
मुक्ति सुबेदी
२४ बैशाख २०७७, बुधबार १८:१७

लोकदोहोरी गाएक तथा सर्जक घनश्याम रिजाल नेपालि लोक संगीतमा परिचित नाम हुन्। राष्ट्रिय लोक दोहोरि प्रतिष्ठानका निवर्तमान कार्यसमिति सदस्य तथा स्याङ्गजा स्रष्टा सदनका महासचिब रहेका उनले समसायिक विषयमा सामाजिक संजालमा विभिन्न स्टाटस लेख्ने गरेका छन्। आफु एक कलाकारले लकडाउनको समयमा भोग्नुपरेको पिडा लाइ यसरि लेखेका छन्..

विश्व अहिले कोरोना भाइरसको आतङ्कले त्रसित र ग्रसित छ। यसले हाम्रो नेपाल पनि अछुतो रहन सकेको छैन, सबै जना त्रसित नहुनुहोला तर सचेत रहनुहोला। यो विषम परिस्थिति र महामारि संग लड्ने शक्ति सबैलाइ प्राप्त होस यहि कामना भगवान पसुपतिनाथ संग गर्दछु।
अब प्रसंग बदलौ, सधै भावनाका कुराले र आदर्शले मात्र जिन्दगि चल्दैन। मानौ कुनै क्षेत्र चल्दैन, आज मलाइ आफै रहेको क्षेत्र नेपालि लोक गीत संगीतको केहि कुरा गर्न मन लाग्यो यो मेरो नितान्त निजि बिचार हो ।

नेपालि गित संगीतको सुरुवाति दिन देखि संघर्ष गरेर यो क्षेत्रलाइ स्थापित गर्नुहुने सबै अग्रज कलाकारहरु प्रति मेरो सम्मान, समकालिन साथिहरुलाइ आत्मियता सहितको सम्मान र अनुज कलाकारहरु लाइ स्नेहि माया। म सस्थामा हुदा या नहुदा मेरो सस्था प्रतिको सम्मान सधै छ। पछिल्लो समयमा नेपालि कला क्षेत्रमा प्रवेश गर्ने कलाकारको मानौ एक किसिमको बाढि नै आयो, यो कला क्षेत्रको लागि खुशि कै कुरा थियो। दोहोरि साझहरु कलाकार उत्पादन गर्ने कारखाना जस्तै थिए र हजारौ कलाकारहरु दोहोरिमै निर्भर थिए, सामान्य गुजरा चलेकै थियो तर यो क्षेत्रले यति धेरै कलाकारहरु थाम्न सक्दैन कि भन्ने एक किसिमको डर मेरो मनमा थियो र मैले हिजको दिनमा सस्थामा हुदा पनि भन्ने गरेको थिए र आज पनि भनिरहेको छु। कलाकारिता आफ्नो ठाउमा छ, भोलि यो क्षेत्र केहि भैहाल्यो भने? दोहोरि साझहरु बन्द भैहाल्यो भने पनि कलाकार हरु एक आत्मनिर्भर हुनुपर्छ, परिपुरक केहि न केहि गरौ भनेर साथिभाइको बसाइमा धेरै पटक छलफल भयो। त्यो कुरा राजन कार्कि लगायतका साथिहरुलाइ थाहा छ।
हाम्रा कलाकार साथिहरुको बानि भनौ या उदाहरणको लागि म आफैलाइ मानौ बेलुका ७ बजे दोहोरि साझ छिरेर ११ बजे सम्मको दोहोरिको ड्युटि समय सधै रमाइलै बित्थ्यो। चिनेका केहि आदरणीय ब्यक्तिहरु भनौ वा दोहोरि पारखि भनौ वा कोहि कलाकारको भाषामा मेरा फ्यानहरु दोहोरि आएर केहि नखुवाइ हामि नि खान्न्नौ भन्नेहरुले मलाइ पनि विभिन्न ब्रान्डका हुस्कि र बियरहरु खाने बानि नै बसाइसके, घर आउने बेला दोहोरिमा पर्ने ५००/१००० टिप्स गोजिमा राखेर आउदा भोलिको दिन गजबले जान्थ्यो, त्यहि ५००/१००० केहि मोबाइलमा रिचार्ज गर्यो, केहि खाजा खायो, उस्तै परे १/२ गिलाश दिनमै पनि हानियो। बेलुका ७ बज्यो फेरि त्यहि दैनिकि दोहोरियो। केहि दोहोरिमा आउनेहरुको सहयोगमा केहि आफुसंग बचेको २/४ हजारले एक-दुइ एल्बम पनि गरियो। केहि मेला महोत्सवहरु पनि कसैलाइ भन्न लगाएर गइयो , आफ्नो ठाउमा बोलाएर र केहि ठाउ मन पराएर बोलाएर गैयो अन्य केहि गरौ भन्ने कुरा छलफलमा नै सिमित भयो। अन्य केहि काम गर्ने मन पनि भएन र जागर पनि। जिन्दागि यसरि नै चल्छ भन्ने सोचियो। केहि अन्य पेशालाइ अगाल्दै कलाकारिता गरेकालाइ कलाकार नै भनिएन, तिमि त फलानो ठाउमा नि काम गर्छौ हामि त नितान्त कलाकारितामा यति गरिएको छ भनेर केहि वैकल्पिक पेशा गर्नेलाइ होच्याउन पनि पछि परिएन तर अफसोच हरदिन एकनाश हुदैन भन्ने गीत अहिले साह्रै याद आउछ।
फाल्गुनको ३० गते देखि नेपालभरिका दोहोरि साझ र डिस्कोहरु बन्द गर्ने निर्णय सरकारले गर्यो। एकैपटक हजारौ कलाकारहरु बेरोजगार बन्न पुगे। देश तथा बिदेशमा आयोजना हुने मेला महोत्सव र स्टेज कार्यक्रमहरु पनि चलिरहेकै अबस्थामा बन्द भए अरु थप आयोजना हुने त कुरै भएन। चैत महिना अब देशमा लक डाउन हुदै छ भन्ने चर्चा संगै धेरै कलाकारहरु जन्मघर तर्फको यात्रा तय गरे, केहि शहरकै डेरामा धेरै समय नहोला केहि दिनको लागि आवतजावत किन गर्ने भनेर गएनन वा घर गएर काम गर्नपर्छ किन जाने भनेर गएनन कि भगवान जानुन कि तिनै नजानेले जानुन।
नेपालमा लकडाउन भएको ४५ दिन पुगिसकेको छ। लकडाउन खुलेपनि हाम्रा दोहोरि सांझहरु खुल्ने संकेत छैन, कदमकदाचित दोहोरि सांझहरु खुलिहाले भने पनि ग्राहकहरुले सामाजिक दुरि कायम गर्ने दिन सम्म चल्ने अबस्था छैन। मलाइ लाग्छ अब यो वर्ष न कुनै दोहोरि साझ खुल्छ न त कुनै मेला-महोत्सव नै हुनेछ। अब नव प्रतिभा र प्रतिभाशाली कलाहरुकार हरुको के गर्लान? कलाकार लाइ जीवनयापन गर्न गाह्रो हुने भो भन्ने बहस एकातिर छ। नव प्रतिभालाइ मात्रै होइन यो लकडाउनले स्थापित कलाकारलाइ झन गाह्रो बनाएको छ । किनकि नया कलाकार संघर्ष गर्दै छ्न त्यति धेरै खर्च गर्ने बानि बसिसकेको नहुन सक्छ, कति पढ्दै छ्न कति पढाइ संगै केहि काम पनि गरेका छ्न तर स्थापित कलाकारहरु मै हु भन्ने कलाकारहरु, केहि कमाएर खर्च गर्ने बानि बसिसकेका, आज नेपालगन्ज भोलि सुर्खेत, पर्सि रोल्पा भन्दै आज २५ दिनमा काठमाडौं आइपुगे भन्ने कलाकारहरु कमाइ राम्रै भएर बैंकको किस्तामा गाडि चढेका र घर घडेरि जोडेका कलाकारहरु अबको दिन कस्तो हुन्छ भन्ने कुरा अझ सोचनिय छ। यदि साच्चिकै सबै दोहोरि साझहरु सबै मेला महोत्सबहरु बन्द हुने हो भने कलाकारहरुको अबको दिन भगवान भरोशा नहोला त ?
फेरि हाम्रो क्षेत्र बोलेर बोलिसाध्य, सुनेर सुनिसाध्य र भनेर भनिसाध्य छैन। अग्रजले गल्ति गरेर केहि भनियो भने अग्रजलाइ सम्मान गर्न जान्दैनस भन्छ्न, अग्रज सुधिन पर्यो भन्दैनन। समकालिन साथिहरुको आफ्नै प्रतिस्पर्धा होला, अनुज कलाकार हरुले यसो गर्दा राम्रो हुन्छ भनेर केहि बोलियो लेखियो भने अनुज कलाकारलाइ हेप्यो, फुल खेल्न नपाउदै निमोठ्न खोज्यो भन्दै पाखुरा तेर्साउदै आउने जामातको पनि कमि छैन। तर यो महामारिले न त अग्रज भन्छ न त समकालीन न अनुज सबैलाइ एउटा समस्याको घेरामा तेर्साएको छ कि अब कसरि चल्ने भन्ने बाटो सबै मिलेर खन्नु पर्ने देखिएको छ। हिजोको दिनमा केहि आम्दानिको बाटो हुदा त केहि नभएका हामि अब बाटै बन्द भएपछि के हुन्छ? आफ्नै पौरख र हातले चल्ने कि राहतले चल्ने ? जिन्दगि चल्न त जसरि पनि चल्छ तर आजको स्तर कायम गर्न सकिन्छ कि नाइ सबै कलाकारलाइ चिन्ताको

बिषय बनेको छ।
यि कुराहरु मैले कसैलाइ भनिरहेको छैन। एउटा कलाकारको चिन्तित मनले एउटा म आफै कलाकारलाइ प्रश्न सोधिरहेको छ र भनिरहेको छ कि अब के गर्छस? के गरेर खान्छस? घरमा भएको अन्न त सकियो अब राहत लिन जान्छस? कि १० केजी चामलको लागि रमिते हुन जान्छस? इज्जत बेचेर चामल लिन्छस? जानेको त्यति हो त्यहि सकियो अब के गर्छस? तेरो हैसियत यति हो बल्ल हैसियतमा आइस?
यि यावत प्रश्नहरुको जवाफ म संग छैन मात्र पिलपिल गर्दै रसाएका आखाहरु पुछ्नुको बिकल्प पनि त छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*