सुर्य खड्काको दमदार आवाजले ‘नैना’ रेशम लगातार ट्रेडिङ्गमा

मुक्ति सुबेदी
१६ फाल्गुन २०७६, शुक्रबार ०९:२०

परदेशी गाएकको उपनामले चर्चित गाएक सुर्य खड्काको ‘नैना रेशम’ बोलको गीत युटुबमा राखेलगत्तै ट्रेडिङ्गमा परेको थियो। फेब्रुअरी १३ मा अपलोड गरिएको उक्त गित आज २८ गतेसम्म आइपुग्दा पनि ट्रेडिङ्गमै रहेको छ भने हालसम्म(यो समाचार तयार पार्दा) १५ लाख भन्दा बढिले हेरिसकेका छन्। राम्रो दर्शक पाएको यस गीतको चर्चा टिकटकमा पनि उत्तिकै रहेको छ। घडि , पीरतिको खेति , नआऊ मेरो भाई , एअरपोर्ट काण्ड , रित्तो काख , हेराएर चिना, गौथलि, अभागी जस्ता थुप्रै सन्देशमुलक र परदेशीको कहानि समेटिएका गितहरु गाएर चर्चामा आएका गाएक हुन् सुर्य खड्का।

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

गायक सुर्य खड्का र गायिका दुर्गा सापकोटाको सुमधुर स्वरमा सजिएको निकै मिठो लोकदोहोरि गित “नैना रेशम” बजारमा रिलिज भएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढि जसो माया प्रेमका गीतहरु दर्शक श्रोताले रुचाएका छन् । गितकार शिव अखेतिको शब्द सृर्जना एवम् गायक सुर्य खड्का स्वयमको लय रचनामा यस गीतमा पनि माया र प्रेमको विषयलाई दर्शाईएको छ ।

यस गितलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने पछिल्लो समयका व्यस्त मोडल तथा चर्चित हास्य श्रीङ्गखला ‘सक्किगोनि’ का लोकप्रिय कलाकार सागर लम्साल ‘बले’ र टिकटक बाट चर्चामा आएका नायिका प्रिज्मा र प्रिन्सी खतिवडाको उत्कृष्ट नृत्य रहेको छ।

https://youtu.be/EC-Krzuwc-E

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*