परामर्श व्यवसायीहरुको संगठनमा डिज्नी सी कन्सल्टेन्सिका सरोज थापा सदस्यमा चयन

आवाज खबर
६ फाल्गुन २०७६, मंगलवार ०९:३८

पोखरामा विगत ५ वर्ष देखि जापान सम्बन्धि परामर्श व्यवसाय संचालन गरिरहेका डिज्नी सी कन्सल्टेन्सिका संचालक सरोज थापा केन्द्रिय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्।

जापानमा अध्ययनका निम्ती परामर्श दिने व्यावसायिहरुको बृहत भेला चितवनको सौराहामा सम्पन्न भएको छ । टोपा शैक्षिक सञ्जालको मुख्य आयोजनामा भएको भेलाले जापान अध्ययनको परामर्श सेवालाई अझै ब्यव्यस्थित गराउने उदेश्यले १३ सदस्यीय समिती गठन गरेको छ ।

समितिको अध्यक्षमा कपिलदेब थापा, उपाध्यक्षमा शेखर थपलिया, महासचिव बिमल ज्ञवालि, सचिव बाबुराम परियार, कोषाध्यक्ष यादब प्रसाद देवकोटा , सदस्यहरुमा अशोक गौतम, मनोज बहादुर कार्कि, राजेन्द्र श्रेष्ठ, जमुना जोशि, सरोज थापा, प्रकाश श्रेष्ठ, सन्जु तामाङ, रबिन्द्र निरौला रहेका छन ।सुबास राइ संरक्षक र टोप बहादुर थापा , राज महर्जन लाई सल्लाहकारमा चयन गरेको उक्त भेलाले संथाको नामाकरण, दर्ता प्रकृया र सम्मेलनको तयारी गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*